बिबिसी फागुन ८,
स्पेनमा एउटी ६४ वर्षकी महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्। उत्तरी स्पेनको बर्गोसस्थिति रिसोलेटस अस्पतालमा नाम उल्लेख नगरिएकी ती महिलाले स्वस्थ्य दुई बच्चालाई जन्म दिएकी हुन्।
शल्यक्रियामार्फत एक छोरा र एक छोरीको जन्म भएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालले उनको सफल शल्यक्रियाको भिडियो समेत सार्वजनिक गरेको छ।
ती महिला र बच्चाको अवस्था स्वस्थ रहेको समाचारमा जनाइएको छ। उनले जन्माएका जुम्ल्याहामध्ये छोराको तौल २ दशमलब ४ केजी र छोरीको तौल २ दशमलब २ केजी थियो।
ती महिलाले अमेरिकामा प्रजनन सम्बन्धी उपचार गराएकी थिइन्। उनले पाँच वर्षअघि पनि एक छोरीलाई जन्म दिएकी थिइन्। तर, बालिकाको राम्रो स्याहारचाकर नभएका कारण एउटा सामाजिक संस्थाले हेरचाह गरिरहेको छ।
यसअघि स्पेनमा ६० वर्षको उमेर कटेपछि अन्य दुई महिलाले स्वस्थ्य बच्चा जन्माएका थिए।