सिरहा माघ १७,
यमुना खनाल : पाठेघर खस्ने समस्या तराईका जिल्लामा प्रकोपको रुपमा बढ्दै गएको छ । लहानमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या तीन सय सात जना महिलामा भेटिएको छ । जसमध्ये १०३ महिलाको चौथो चरण अथवा अप्रेसन गर्नुपर्ने समस्या भेटिएको छ ।
शिविरमा ९८ जना महिलामा पहिलो चरणको समस्या अथवा पाठेघरले ठाँउ छोडेको अवस्था भेटिएको छ । उनीहरुलाई औषधी दिएर नियमित चेकजाँच गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
यसैगरि, दोस्रो चरणको समस्या अथवा पाठेघर मुखसम्म आईपुगेको ४० जना महिलालाई रिङ पे्रसरी लगाएको र ४८ जना महिलालाई पहिला लगाएको रिङ प्रेसरी खोलिएको कामना नर्सिङ होम लहानका प्रबन्धक चन्द्र नारायण कुशवाहाले जानकारी दिनुभयो । भारतीय दुतावासको सहयोगमा सञ्चालित सो शिविरमा सिरहा जिल्लाका विभिन्न स्थानबाट सेवाग्राहीले स्वास्थ्य शिविरमा सेवा लिएका थिए ।