औषधिको गलत प्रयोगले पुर्याउने हानी. .

काठमाण्डौ माघ ११,

मदन ढकाल, फर्मासिष्ट,
साधारणतया रोगको रोकथाम र उपचारको क्रममा मानव शरीरमा औषधीहरु प्रयोगमा आउँछन् । विभिन्न रोगका लागि अलग–अलग औषधिहरु छन् र सही उपचारकालागि रोग अनुसार नै उपयुक्त औषधिको आवश्यकता पर्दछ । हिजोआज नेपालमा बिभिन्न किसिमका उपचार प्रणालीहरुको माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । यी स्वास्थ्य सेवाहरुमा प्राकृतिक, आयुर्वेदिक, होमियोप्याथिक, यूनानी, आम्ची तथा आधुनिक चिकित्सा पद्दती हुन् । 
कुनै पनि औषधिको केही न केही साइड इफेक्ट अवश्य हुन्छ । औषधिको गलत प्रयोगले बिरामीको अवस्थामा प्रतिकुल असर पर्दछ । औषधि पसलमा र गाउँका सामान्य पसलहरुमा पाइने औषधीहरुको गलत तरिकाले प्रयोग गर्दा फाइदा भन्दा बढ्ता हानी हुन्छ । धेरै स्वास्थ्य कार्यकर्ता एवं चिकित्सकहरु चाहिने भन्दा बढी औषधी अनावश्यक रुपमा सिफारिस गरिरहेका छन् । 

दुर्भाग्यवश मानिसहरुले मामुली रोगहरुको लागी कडा औषधीहरु प्रयोग गर्दछन् । उदाहरणका लागि एन्टीबायोटिक्स भनिएको समयसम्म सेवन नगरेमा रोग पूर्णतया निको नभई बल्झीन सक्दछ । ब्याक्टेरियाले एण्टीबायोटिक बिरुद्घमा लड्ने क्षमताको विकास गर्दछ र अर्को पटक सोहीन्ेटिकको प्रयोग गर्दा रोग निको नहुने संभावना हुन्छ । भाइरसबाट हुने रुघा खोकी लगायत अन्य रोगमा एण्टीबायोटिकले असर गर्दैन ।

निन्द्रा लाग्ने तथा मनोद्विपक औषधिहरुको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकोले यस्ता औषधिहरु चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गर्नुपर्दछ । अनावश्यक भिटामिन र टनिक झोल औषधिको सेवन पैसाको बर्बादी हो । तागतका लागि सन्तुलित खाना र राम्रो आहार नियमित रुपमा खानु पर्दछ । धेरै मानिसहरु आफ्नो आखिरी पैसा एक लिटर शिरामा दिइने तरल पदार्थ लिनमा खर्च गर्छन् । शिराको बाटो तरल पदार्थ मुखबाट केहि खान नसक्ने बिरामीलाई र गम्भीर जलविनियोजन भएकालाई मात्र दिनुपर्छ । फेरि केही रोगहरुका हकमा केही खाद्यपदार्थहरुले रोगहरुलाई अझ सिकिस्त पार्न सक्छ । जस्तै यदि रक्सी बारेन भने केही औषधीहरुले नराम्रो प्रतिक्रिया गर्न सक्दछन् ।

स्वास्थ्य सेवाका सम्बन्धमा जनताको चेतना र ज्ञानको कमी भएको कारणले  अनाधिकृत व्यक्तिबाट गलत उपचार गराउने समस्या रहेको छ । खुला सिमानाको कारणले गर्दा बिदेशमा गई अनुपयुक्त उपचार गराउनेहरुको पनि कमी छैन भने गैरकानूनी रुपमा सडक र हाट बजारमा अनुपयुक्त स्वास्थ्योपचार गर्ने र औषधि दिनेहरु पनि देखा पर्दछन् । साथसाथै वर्तमान समयमा आकस्मिक गर्भ निरोधक ओैषधिहरुको समेत उचित रुपमा विक्री वितरण गर्नुपर्ने देखिन्छ ।

हाल नेपालमा आधुनिक औषधि विक्री वितरणमा स्तरियता ल्याउन फार्मेसीमा डिप्लोमा स्तरको अध्यापन सुरु गरिएको छ । संचालित पसलका आधिकारिक व्यक्तिहरुले प्रेस्कीप्सनमा बेच्नुपर्ने औषधि पे्रस्किप्सन अनुसार उचित किसिमले लेवल गरी प्रयोग विधि र नराम्रा असरबारे राम्ररी बुझाई मात्र बेच्नुपर्ने देखिन्छ । कुनै पनि औषधि जरुरी भए मात्र प्रयोग गर्नुपर्छ र त्यसको प्रयोग विधि आफूलाई थाहा हुनुपर्छ । औषधिको समूचित प्रयोग गरी र गराई स्वस्थ ब्यक्ति तथा स्वस्थ समाजको निर्माण गर्नु हामी सबैको दायित्व हो । अनुपयुक्त उपचार गर्ने व्यक्तिको योग्यताको मूल्यांकन गरी कानूनी दायरामा ल्याउनु पर्दछ । औषधि क्षेत्रमा भएको व्यापारिकरणको सरकारी तबरबाट योजनाहरु निर्माण गरि निरुत्साहित गर्नु पर्दछ । 

राष्ट्रिय स्वास्थ्य नीति, २०७१ अनुरुप प्रमुख समस्यामा एउटा गुणस्तरीय औषधीमा जनताको पहँुच, औषधीको समुचित प्रयोग, अत्यावश्यक औषधी र उपकरणको राष्ट्रिय उत्पादन र वितरण प्रभावकारी र जनमुखी बनाउन सकिएको छैन । प्रतिकारात्मक र प्रबद्र्धनात्मक सेवामा दिइ आएको प्राथमिकतालाई कायम राख्दै औषधी र प्रविधिको समुचित प्रयोग हुने गरी राष्ट्रिय मापदण्ड सहितको गुणस्तरयुक्त उपचारात्मक सेवा प्रवाह गर्दै लगिने रणनीति समेत स्वास्थ्य नीतिको रहेको छ । त्यस्तै राष्ट्रिय औषधि नीतिलाई थप प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । साथै अतिरिक्त नीतिगत तथा कार्यगत सुधार एवम् चेतनामुलक जानकारीमूलक कार्यक्रम संचालान गरि स्वास्थ्य सेवालाई समय सापेक्ष अभिवृद्धि गर्नु अहिलेको आवश्यकता हो ।_स्रोत-स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com