काठमाडौं माघ ६,
साढे दुईवर्षदेखि आफ्नै बुहारीलाई बलात्कार गर्ने ससुरालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला अदालतका श्रेस्तेदार टेकराज जोशीले मुद्दा चलिरहेकाले ससुरालाई पुर्पक्षका लागि थुनामा राखिएको बताउनुभयो । बलात्कार आरोपी कञ्चनपुर जिल्लाका नेपाली काँग्रेसका नेता समेत हुन् । उनकी बुहारीले विवाह भएको एक हप्तादेखि नै ससुराले आफूलाई बलात्कार गर्दै आएको भन्दै जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा गत महिना उजुरी दर्ता गराएकी थिइन् ।
घटनाबारे जानकारी गराउन उनले २० पुषमा पत्रकार सम्मेलन समेत गरेकी थिइन् । सो सम्मेलनमा ०७१ असारमा विवाह गरेपछि श्रीमान् पढाईको सिलसिलामा बाहिर गएको र त्यसपछि ससुराले ‘घाँटीमा छुरा’ देखाएर बारम्बार यौन शोषण गर्दै आएको उनले बताएकी थिइन् ।
‘ससुराले यो कुरा घर बाहिर गरे मारिदिने धम्की दिन्थे, त्यसैले मैले बदनाम र डरका कारण कसैसँग भनिनँ,’ उनले सो पत्रकार सम्मलेनमा भनिन् ।
ससुरावाट बलात्कृत युवतीले गरिन् पत्रकार सम्मेलन (महिला खबर)