लेडी एडा संसारकै पहिलो कम्प्युटर प्रोग्रामर

एजेन्सी माघ ११,

कम्प्युटर र सूचना प्रविधिको क्षेत्रमा अहिले पनि महिलाको सहभागिता न्यून छ, तर १९ ‍‍‍‌‌‍औं शताब्दी अर्थात १८१५ डिसेम्बरमा बेलायतमा जन्मेकी लेडी एडा लभलेस संसारकै पहिलो कम्प्युटर प्रोग्रामर हुन् । उनले १८४० मा संसार मै पहिलो पटक प्रोग्राम बनाएकी थिइन्। कम्प्युटरको शुरुवाती समयमा उनले कम्प्युटरका लागि मेसिन कोड (कम्प्युटरले बुझ्ने कोड) बनाएकी थिइन। उनी कवि लर्ड ब्यारन र उनकी प्रथम श्रीमती एनी एजबेला निवल ब्यारनकी छोरी थिइन्।

कम्प्युटर प्रोग्राम भनेको प्रोग्रामिङको भाषामा लेखिएको निर्देशनको संग्रह हो जसले कम्प्युटरलाई कुनै खास काम गर्न निर्देशन दिने गर्दछ। कम्प्युटर आफैँ पनि प्रोग्रामकै आधारमा चल्दछ र प्रोग्रामले निर्देशन दिएका आधारमा काम गर्दछ।

१७ वर्षको उमेरमा उनको भेट ‘कम्प्युटरका पिता’ चार्ल्स ब्याबेजसँग भयो । चार्ल्स ब्याबेजलाई मेन्टर पाईसकेपछि उनले मिलिट्री ईन्जिनियर र ईटालियन प्रधानमन्त्रीले चार्ल्स ब्याबेजको ‘एनाल्याटिकल ईन्जिनबारे’ को लेखलाई अंग्रेजीमा अनुवाद गरिन्। उनले उक्त अनुवादमा एनाल्याटिकल ईन्जिनबारे आफ्ना तर्कहरू पनि राखेकी थिईन् र उक्त लेखलाई मूल लेख भन्दा ३ गुणा ठुलो बनाएकी थिइन्, जुन उनकै पहलमा १८४३ मा अंग्रेजी जर्नलका रुपमा प्रकाशित भएको थियो।

उनले कसरी मेसिन अर्थात कम्प्युटरलाई कोडबाट कसरी काम गर्न लगाउन सकिन्छ भन्ने कुरा उक्त लेख मार्फत खुलाएकी थिईन् जसलाई संसारकै पहिलो कम्प्युटर प्रोग्राम मानिन्छ। उनले कसरी कम्प्युटरले बुझ्ने भाषामा प्रोग्राम बनाउने भन्ने तर्कहरू दिएकी थिइन्। उनको काम र बौद्धिकताबाट ब्याबेज निकै नै प्रभावित भएका थिए र उनीहरूले लामो समय गणित र तथ्यांकमा सँगै काम गरेका थिए।

लेडी एडा एक दुरदर्शी महिला थिइन्। उनले त्यस समयमै कम्प्युटरमा अकंलाई प्रयोग गरेर तंथ्याङ्क मात्रै नभएर अरु कुरालाई पनि प्रतिनिधित्व गर्न सकिने भनेर बुझिसकेकी थिइन्। उनले कम्प्युटरमा अकंबाटै संगित बनाउन मिल्ने, फोटो तथा तस्विरहरू बनाउन मिल्ने भनेर अनुमान गरेकी थिइन्। ती सबै उनले गरेका अनुमान सयवर्षपछि सत्य हुन पुगेको छन्।

उनका बुवा आमा दुवै जना शिक्षित थिए । उनीहरू त्यतिबेला बेलायतमा विशेषाधिकार प्राप्त वर्गमा पर्दथे। एडाको जन्म पश्चात उनका बुवा आमाको सम्बन्ध विच्छेद भएको थियो। उनको विवाह १८३५ मा विलियम किङसँग भएको थियो। उनीहरूका २ जना सन्तान थिए। एडाको निधन १८५२ मा ३६ वर्षको उमेरमा क्यान्सरबाट भएको थियो। पहिलो पटक २००९ मार्चमा उनको योगदानलाई सम्झिँदै एडा लभलेस डे मनाइएको थियो। यस दिनलाई महिलाले विज्ञान, प्रविधि, गणित र ईन्जिनियरियमा गरेको योगदानलाई सम्झिने गरिन्छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com