अछाममा सुनौला हजार दिन संचार अभियान कार्यक्रम संचालन

अछाम पुष १८,

गर्भवती आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले अछामका १० गाविसमा सुनौला हजार दिन संचार अभियान कार्यक्रम संचालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मार्फत संचालन हुने उक्त कार्यक्रम अन्र्तगत सुनौला हजार दिनको अवधिमा रहेका आमा तथा बच्चाको पोषण अवस्था सुधारका लागि उपयुक्त आहार व्यवहार अपनाउन बिभिन्न क्रियाकलाप संचालन गरिने जनाईएको छ । 

तीन वर्षका लागि संचालन हुने सुनौला हजार दिन संचार अभियान जिल्लाका देवीस्थान, बाब्ला, सोकट, सिउडी, कालेकाँडा, बारला, तुर्माखाद, भैरवस्थान, रामारोशन र विनायक गाविसमा संचालन हुने संचारकर्मीसँग आयोजित अन्तरक्रियामा जानकारी दिईयो । अभियान अन्र्तगत किशोरीहरूलाई पौष्टिक आहार प्रशस्त खान दिने, बालिका र किशोरीलाई उच्च शिक्षासम्म पढाएर शिक्षित बनाउने, कम्तीमा २० वर्षको उमेर पुगेपछि मात्र विवाह गर्ने, दुई तीन वर्षको फरक पारी बच्चा जन्माउने कुरा सुनिश्चित गर्ने, आमा र बालबालिकालाई आवश्यक पर्ने भिटामिन र फलामतत्व उनीहरूले खाने खानामा भएको कुरा सुनिश्चित गर्ने,

शिशुहरूलाई छ महिनासम्म स्तनपान मात्र तथा छ महिनापछि बच्चाको उमेर दुई वर्षसम्म स्तनपानका साथै उपयुक्त स्वस्थ खाना ख्वाउने र राम्रा पोषणका अभ्यासहरूलाई प्रबद्र्धन गर्नेलगायतका गतिविधि संचालन गरिने अभियान संयोजक लोकबहादुर शाहीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर सरदचन्द्र बरालले बालबालिकाको ८० प्रतिशत दिमागको विकास यसै अवधिमा हुने भएकाले राज्यले सुनौला हजार दिन अवधिका आमा तथा बच्चाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले थुप्रै लगानी गरिरहेको बताउनुभयो ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com