तीन जनाको DNA बाट बच्चा जन्माउन बेलायतमा अनुमति

एजेन्सी पुष २,

बेलायतको प्रजनन नियमक निकायले दुई महिला र एक पुरुषबाट बच्चा जन्माउन कानुनी रुपमा मान्यता दिएको छ। ‘थ्रि प्यारेन्ट्स’ नाम दिइएको यो विधिबाट बच्चा जन्माउन भ्रुणमा आमा–बुबाको न्युक्लियर डिएनएमा अर्की स्वस्थ्य महिलाबाट थोरै मात्रामा माइटोकोन्ड्रिया डिएनए मिलाइन्छ।

भ्रुणले आमाबुबाबाट प्राप्त गर्ने न्युकियर डिएनएसँगै आमाबाट माइटोकोन्ड्रिया डिएनए पनि पाउँछ जसले वंशाणुगत रोगहरु बोक्ने गर्दछ। जसले गर्दा आमाबाट सर्ने वंशाणुगत रोगबाट नवजात शिशु पनि ग्रसित हुन्छ। यसबाट बच्न बुबाको शुक्रटिकसँग आमाको र दाता महिलाको डिम्ब मिलाएर कृत्रिम गगर्भधारण गरिन्छ।

यसरी जन्मिने बच्चामा व्यक्तित्व र अरु कुराहरु भने बाबुआमाबाटै आउनेछ। निश्चित प्रकारको वंशाणुगत रोग अर्को पुस्तालाई सर्नबाट जोगाउन यस प्रक्रियालाई साबधानीपूर्वक अंगीकार गर्न सकिने विज्ञहरुले सुझाएका छन्।

स्वास्थ्य अधिकारीहरुका अनुसार बेलायतमा हरेक वर्ष एक सय २५ जना बालबालिका आमाको वंशाणुगत रोग लिएर जन्मिने गर्दछन्। यस्तै हरेक ४३ सय बच्चामध्ये एकजना नेत्रहीन, कमजोर मांशपेशी हुने, कान नसुन्ने, बेहोस हुने, मधुमेह, मुटु र कलेजोको समस्या जस्ता घातक लक्षणसहित जन्मिन्छन्।

मान्छेका हरेकजसो कोषमा खाद्यान्नलाई उर्जामा बदल्ने अंश माटोकोन्ड्रियामध्ये समस्याग्रस्त माइटोकोन्ड्रियाका कारण त्यस्तो रोग लाग्छ। यो समस्याको समाधानका लागि थ्रि प्यारेन्ट्स विधि फलदायी हुने विज्ञहरुले बताएका छन्।

बेलायती संसदले गत फेब्रुबरीमा तीन जना मानिसको डीएनएबाट इन–भिट्रो फर्टिलाईजेसन (आइभिएफ) द्वारा बच्चा जन्माउन पाउने कानुनलाई पारित गरेको थियो। जसलाई प्रजनन नियमक निकायले गत बिहीबार अनुमति दिएको हो। यो विधिबाट बच्चा जन्माउन चाहनेले ह्युमन फर्टिलाइजेसन एन्ड इम्ब्रियोजोली अथरिटी (एचएफइए) बाट अनुमति लिनुपर्ने हुन्छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com