गर्भवती जाँच गराउन स्वास्थ्य चौकीबाटै टेलिफोन

सल्यान, ६ पुस

गर्भवतीलाई स्वास्थ्य संस्थाबाटै टेलिफोन गरेर जँचाउनका लागि निमन्त्रणा गर्न थालिएको छ ।

आमा र जन्मने नवजात शिशुको स्वास्थ्य सुरक्षा गर्न धनवाङ गाविसस्थित स्वास्थ्य चौकीबाट गर्भवतीलाई फोनमार्फत बोलाउन सुरु गरिएको हो ।

गर्भवतीहरु सुरुमा जाँच गराउन आउने भए पनि पछि नआउने भएकाले फोन गरेर बोलाउने गरिएको धनवाङ स्वास्थ्य चौकी इन्चार्ज देवेन्द्रकुमार सेनले जानकारी दिनुभयो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com