दिब्य बज्राचार्य
कविता ''आफ्नो घरलाई स्वर्ग बनाउँछ ''
चरा तिम्रो पिंजडा एउटामात्र
गृहिणीको पिंजडा पत्रपत्र
एउटा पिंजडा तोड्यो
तिमि मुक्त भई उड्छौ
गृहिणीले एक तोड्छ
अर्को अगाडी देखापर्छ
अर्को पनि तोड्छ
अर्को अगाडी देखापर्छ
आफ्नो चाहानालाई पत्याउँछ
आप्mनो पखेतालाई ओछ्याउँछ
सुख दुख बराबर पारी
आफ्नो जीवनलाई सजाउँछ
आफूलाई सुखी भन्न रुचाउँछ
परिवारको खुशी आफ्नो लक्ष्य
सहनशिलता आफनो स्वास्थ्य
काम र थकाई बराबर पारी
आफ्नो जीवनलाई सजाउँछ
आफूलाई सुखी भन्न रुचाउँछ
मनलाई झन झन कठोर बनाई
सबैको दुरव्यवहारलाई सहजै अपनाई
आफ्नो विद्रोहलाई दबाउँछ
आफ्नो घरलाई स्वर्ग बनाउँछ