महिला हिंसा सबभन्दा बडी घरभित्रै

 सिरहा मंसिर १७,

महिलामाथि हुने हिंसा मध्ये सबैभन्दा धेरै घरेलु हिंसा हुने गरेको तथ्याकंले देखाएको छ। चालु आर्थिक वर्षको चार महिनाको अवधिमा बहु विवाह जबरजस्ती करणी, आत्माहत्यालगायतका ४९ वटा गम्भीर प्रकृतिका महिला हिंसाका घटना भएकोमा ७७ वटा घरेलु हिंसाका घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाको महिला बालबालिका सेवा केन्द्रको तथ्याकंले देखाएको छ।

ती मध्ये ४९ वटा घरेलु हिंसाका उजुरीमा मिलापत्र भएको छ। त्यस्तै गत आर्थिक वर्षमा बहुविवाहमा १२ वटा, आत्महत्या ४९, जबरजस्ती करणी १८ र गम्भीर प्रकृतिका ८२ वटा महिला हिंसाको घटना भएकोमा ८१ वटा घरेलु हिंसाका घटना भएकोे प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

जिल्लास्थित महिला बालबालिका कार्यालयमा पनि यो चार महिनामा घरेलु हिंसाका १४ वटा घटना दर्ता भएका छन्। यता महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाको तथ्याङ्कमा पनि घरेलु हिंसाका घटना नै सबैभन्दा ब्ाढी छ। आरेक नेपाल सिरहाले सार्र्वजनिक गरेको एक वर्षको प्रतिवेदनमा एक १२५ वटा महिला हिंसाका घटना मध्ये ३४ वटा घरेलु हिंसाका घटना भएको उल्लेख छ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानको चारदिन भित्र जिल्ला प्रहरी कार्यालय सिरहाको महिला बालबालिका सेवा केन्द्रमा ६ वटा घरेलु हिंसाका घटनाको निवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एक नारायण कोईराला महिलामाथि सबभन्दा बढी आफन्तले कुटपीट गरेको, खान नदिएका, घर निकाला गरेका निवेदन लिएर महिला आउने गरेको बताउँछन्।
_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com