बिदेशिनुले बिग्रदै सम्बन्ध

विदेश जाने नेपालीहरुमा सबभन्दा बडी आर्थिक अबस्था सुधार (रोजगारी) नै हो । पढाइ तथा जागिर गर्न जानेको तथ्यांक हेर्ने हो भने अत्यन्त कम देख्न सकिन्छ।

रोजीरोटी, आर्थिक उन्नत, सुन्दर, सुनिश्चित भोलिका लागि यतिखेर पचासौंलाख नेपाली बिदेशमा श्रम गरिरहेका छन् । श्रम गरेअनुसार धन पनि कमाएका छन् र कतिले काम गर्ने सिलसिलामै ज्यान पनि गुमाएका छन् यो अत्यन्त दुखद पक्ष हो । सामान्य कामदार देखि डाक्टर प्रोफेसरसम्मनका नेपालीहरु बिदेशी भूमिमा मेहनत र पसिना बेच्दै छन् । यसरी बिदेशिएका नेपालीहरुले पठाएको रेमिटेन्सले देशको आर्थिकस्तरमा टेवा पुगेको पक्षलाई पनि हामीले कतै भुल्नु हुन्न । यसरी विभिन्न परिस्थिति र बाध्यतावस् बिदेशिने नेपालीहरुको पारिवारिक सम्बन्ध के साच्चै खुशी सुमधूर छ ?

बिदेशबाट कमाएको धनले ? इमान्दारीपूर्वक भन्नुपर्दा धेरैको जीवन स्तर उक्सेको छ, यस पक्षलाइ स्वीकार्नु पर्छ। हिजो नदेखे जस्तो गर्नेहरु आज बाटोमा हिड्दै गर्दा पनि बोलाउँछन्, चाहिए दुई/चार पैसा ऋण दिन्छन, हाँसेर बोल्छन । सद्भाव देखाउँछन् । यो त थियो धन हुँदा र नहुँदाको सामाजिक व्यबहार । तर यसरी विदेश धन कमाउन जानेहरुको पारिवारिक सम्बन्ध कति मिठो/सुमधुर छ ? सोझै अनुमान लगाउन सकिन्छ धन भए पछी मन पनि मिल्छ अनि त सम्बन्ध नमिठो हुने त कुरै आउदैन । हो, आर्थिक उन्नत सँगै सम्बन्ध पनि बलियो भएको देख्न सक्छौं हामी । कतिले बिदेशमा सिकेको सीपलाइ स्वदेश फर्केर धेरै राम्रो काम गरेका छन् । यो राम्रो पक्ष हो । तर पछिल्लो समयमा यिनै धन कमाउन विदेश जाने बढ्दो क्रम सँगै पारिवारिक सम्बन्धमा तिभ्र रुपमा बेमेल,बिग्रह आउन थालेको छ । देश र समाजकै लागि यो शुखद पक्ष होइन ।

अहिले समाजमा एक प्रकारको बिकृति बढेको छ, यसका थुप्रै कारणहरु छन् , त्यसमध्ये बाध्यतावस बैदेशिक रोजगार पनि एक हो । यहि कारण गाउँ घर सुन्या जस्तै छ । मर्दा पर्दा मलामी पाउन गाह्रो छ घाउँ घरमा । अचेल गाउँमा असक्त, बुडाबुडी, महिला, बालबच्चाहरु छन् , जो काम गर्न सक्दैनन् । सक्ने जति यसो भनौं बल भएकाहरु सब्बै बिदेशिएका छन् । हरेक घरबाट एक, दुई जना कुनै घरबाट त आधा परिवार नै बिदेशिएका छन् । अहिले गाउँमा खेतहरु बारीमा परिणत भएका छन् र बारीहरु जङ्गलमा परिणत भएका छन् । यस सम्बन्धि नेपाल सरकारले समयमै कुनै कदम नचाल्ने हो भने निकट भविष्यमा ठुलै समस्य नआउला भन्न सकिन्न । देशको बेरोजगार युवाहरुलाई उनीहरुको योग्यता क्षमता अनुसार रोजगारको व्यवस्ता गरि देश विकासमा प्रोत्साहन गर्न सके देश विकासले गति लिने छ, र जनताको जीवन स्तर पनि उक्सने छ ।

वास्तवमै, आफ्नो देश परिवार छोराछोरी छोडेर बिदेशमा घोट्टीने रहर कसलाई होला ?
इमान्दारीपूर्वक भन्ने हो भने यस्तो रहर कसैलाई पनि छैन । आज बिदेशमा दुख गरिरहेकाहरुएकको मन खुशी कहाँ छ र ! उनीहरु आफ्नै देश फर्केर केहि गर्न चाहन्छन तर त्यो वातावरण बनेन यस्तै भन्छन् उनीहरु ।
र अर्को सुनिश्चित लगानी ! बिदेशमा कमाउन जानेहरुको निम्ति सरकारले छुट्टै लगानीको प्याकेज ल्याएर लगानी कर्ता र सरकारलाई फाइदा पुग्ने कार्य योजना ल्याउन सके कति उत्तम हुने थियो । यसतर्फ ध्यान पुगेको देखिदैन समबन्धित निकायको । बिदेशमा कमाइएका धन अधिकाम्सले घर बनाउनमै खर्चेको देखिन्छ । जसबाट न त देशलाई फाइदा पुग्छ न त लगानीकर्तालाई दिर्घकालिन आयस्रोत बन्छ ।

केहि घटना,
यसरी धन कमाउन विदेश जान सामान्य भैसकेको छ तर यस सामान्य कुराले यतिखेर निकै असामान्य समस्य निम्त्याईरहेको छ । बिदेशमा श्रीमान दुख गरेर थपाथप पैसा पठाउछन् । सुन्दर भोलि चम्काउने ठुलो आशा लिएर घुडाँ घोटेर, खुन पसिना बगाएर जोडेको धन, सम्पत्ति एता श्रीमती काम्लाङ्ग कुम्लुङ्ग पारेर श्रीमान परिवार र छोराछोरी नै छोडेर अर्कै सँग  चम्पट कस्छिन । यस्ता पिडित श्रीमानको लिस्ट पनि छोटो छैन यतिखेर । पर्वत घर भएका बसन्त बहादुर रेग्नी (नाम परिवर्तन) श्रीमती सँग घर व्यबहार मिलेरै चलाएका थिए । सानो शुखी परिवार थियो , समग्रमा सबै ठीकठाकसँग चलिरहेको थियो जिन्दगी । छोराछोरी जन्मेपछि जिम्मेवारी बढ्यो । आर्थिक भार बढ्दै गयो । आयस्रोत भरपर्दो थिएन । यस्तैमा जोइपोईले सल्लाह गरे र कसोकसो मिलाएर बसन्त बहादुर रेग्मी इराक गए । कमाइ राम्रो थियो । जाँदा लागेको ऋणको बोझ धेरै बोक्नु परेन । परिवारमा खुशीको रौनक बढ्नु स्वभिक थियो । जिन्दगी हाँसीखुशी अघि बढ्दै थ्यो । बिस्तारै श्रीमतीले भनिन् केहि गर्नुपर्यो पैसाले पैसा बनाउनु पर्छ भनेर श्रीमानलाइ उक्साईन र श्रीमानले उता बाट हरेक कुराको साथ् र सपोर्ट दिंदै गए । उनीहरुको विबाह प्रेम विबाह भएकोले कतिलाई खुच्चिङ्ग भन्ने बहाना बनेको थ्यो तर श्रीमान विदेश गएर पैसा पठाउन थालेपछि हिजो नबोल्नेहरू बोल्न/हाँस्न थालेका थिए । छ बर्ष जति बसेर फर्के बसन्त बहादुर । र उ फेरी लाग्यो अफगानिस्तान । त्यहाँ पनि कमाइ राम्रै थियो । कमाएको सबै  थपथप पत्नीलाइ पथाउथ्यो । एक दिन टेलिफोनमा पत्नीले भनिन अब तपाइँ हंगकंग जानु त्यहाँ कति दुख गर्नुहुन्छ !  मैले सबै कुरा बुझेकी छु । हंगकंगमा भए धेरै सेक्युर पनि हुन्छ र पहिला तपाइँ जानु पेपर म्यरिड गरेर अनि म र छोराछोरीलाई बोलाउनु । यसको लागि हामीले सम्बन्ध बिच्छेद गर्नुपर्ने रहेछ । हाम्रो सम्बन्ध त सप्रेम छदै छ तपाइँ र म अहिले सम्बन्ध बिच्छेद गरौँ यो कागजी त हो अनि पछी सबै काम भएपछी पुनः दर्ता गरौंला । बसन्तलाइ यसमा कहीं कतै बनावटी कुरो लागेन । हो न हो पत्नीले जसो भन्यो गर्दै गए । सम्बन्ध बिच्छेद भयो ।

विदेश गएर जोडेको चालिस/पचास तोला सुन, पैसा, घर जग्गा सबैसबै पत्नीको नाममा थियो । ती सबैको स्वमिनी पत्नी । पत्नीको कुटिल चाल नबुझेका बसन्त बहादुर रेग्मी त्यतिखेर छाँगा बाट खसे जब पत्नीले घरबाट गलहत्याए । र अनेक मानसिक तनाव दिदै तेरो छोराछोरी लैजा भन्दै धमक्याँउन थाले ।  उनि त कहिलेदेखि अर्कै नाँठोसँग लठारिन थालेकी रहेछ । वस सम्पत्तिको लागि अनेकन चाल खेलेर श्रीमानसँग सम्बन्ध बिच्छेद गरेका रहेछन् ।त्यो चाल सोझो बसन्तले बुझेनन् । आफैंले कमाएको सम्पत्तिको लागि अदालतमा लड्न कुनै आधार थिएन श्रीमती सँग सम्बन्ध बिच्छेद जो गरिसकेका थिए । घर बाहिर बसेर बल्लतल्ल एउटा घडेरी आफ्नो नाममा पार्न सफल भए र लागे फेरी विदेश जाने प्रक्रियामा । र यतिखेर अफगानिस्तानमा कार्यरत छन् बसन्त बहादुर ।

कुनै श्रीमान कमाएको धन बिदेशमै मोजमस्तीमा उडाउने, घर परिवार बिर्सने गर्छन, यस्तै यस्तै असामाजिक कार्यले विभिन्न अपराध निम्त्याइरहेको छ आज । यसै भएन उसै भएन बरु केहि नहोस भनेर बदलाको भावना बढ्दै गएको पनि पाइन्छ । जसले गर्दा  दुई परिवारको पारिवारिक सम्बन्धमा दरार मात्रै ल्याएको छैन । यसरी विभिन्न तनावग्रस्त सम्बन्धका बिचमा हुर्केबढेका छोराछोरीहरु नै बडी कुलात्को बाटोमा लागेको तथ्यांक छ । यी त निमित्त मात्रै हो, यस्ता थुप्रै घटनाहरु अहिले घटिरहेका छन् जुन समाज र सन्ततिका लागि हानिकारक बन्दै गैरहेको छ । हाम्रो समाज कता गैरहेको छ ? हामीले समयमै नसोचे भोलि यस्ता विकृतिले बिकराल रुपम लिने छ ।

पीडित श्रीमती लिस्ट त झनै लामो छ ;
पहिला पहिला पुरुष मात्रै विदेश जाने र धन कमाउने चलन थियो तर पछिल्लो समय महिलाहरु पनि विदेश जाने सहज वातावरण बन्यो र महिलाहरुले पनि विदेश गएर कमाएर आफ्नो परिवारको देखभाल गरिरहेको उदाहरण प्रसस्त छ । कतिपयले भने आफ्नो औकात भुल्ने दुषप्रयास पनि गरेको देख्न र सुन्न पाइन्छ ।

वास्तवमै पीडितहरु यहाँ गुमनाम छन् ;
देशको स्थिति, पारिवारिक अनेक समस्याले बुडाबुडीमा एकजना बिदेशिनु पर्ने अबस्था आउँछ । र दुवै सरसल्लाह घर सल्लाह गरेर श्रीमती विदेश जान्छिन । परिवार कलिला बाल्बचेरा छोड्नुको पीडाका बर्णनन गर्न यी शब्दहरु कम पर्छन् । यसरी मुटुमाथि ढुँगा राखी उनि लाग्छिन् परदेश , मनभरी सुन्दर भोलि कल्पंदै । र बिदेशमा हरेक प्रकारको दुख सहेर कमाइ राम्रै गर्छिन । कमाएको खुरुखुरु लोग्नेलाई पठाउछिन् । थुप्रै थुप्रै सुन्दर सपना बुनेर बिदेशमा मेहनत गर्ने उर्जा बटुल्छिन्  । दिन रात एक गरेर कमाउछिन, दुख गर्छिन्  । र तीन/चार बर्ष पछी छुट्टी जान्छिन घर, आकाश जत्रै खुशी बोकेर, आँखाभरी सप्तरंगी सपना सजाएर तर जब घर आइपुग्छिन आफ्नै कमाइले बनाएको घरको सँघार टेक्न नपाउंदै अर्कै आइमाई सात/आठ महिनाको पेट लिएर आँगनमै खबरदारी गर्न आइपुग्दा ति अघिसम्म खुशीको पन्तुरो बुन्दै आएकी  महिलालाई कस्तो हुन्छ होला ? अरु त अरु आफैंले जन्माएको बाल्बचेरा समेतले बाउको कुरो सुनेर आफ्नै आमाको पक्ष लिन्नन । त्यतिखेर ति आमा मा के बित्छ होला ?? यो घटना यथार्थ हो । गैंडाकोट घर भै बिगत ८/९ बर्ष देखि मध्य पुर्व इज़रायलमा केयर टेकरको रुपमा कार्यरत जानुमा (नाम परिवर्तन) पौडेल सम्पत्ति मात्र होइन आफैंले जन्माएको सन्तान धरिले साथ् नदीनुले उनि मर्माहित छिन । सोच्दै नसोचेको पतिको पतित क्रियाकलापले उनि यतिखेर मानसिक तनावमा छिन् ।

पोखरा स्थाई घर भै हाल राजधानी बस्दै आएकी बिनिसा (नाम परिवर्तन) गुरुङ्ग आफु घर सल्लाहमै विदेश आएको र कमाएको पैसा श्रीमान्लाई पठाउदै आएकी उनि तीन/चार बर्षको अवधिमा श्रीमानले उता बिहे गरेर दुइ बर्षको छोरी भैसकेपछि आफुले थाहा पाईन, सुरुमा त उनलाई  विश्वासै लागेन तर सोध्खोद गर्दै जाँदा सहि साबित भएपछी श्रीमान संग बोलचा बन्द छ र यतिखेर एउटा छोरोको मुख हेरेर पुनः दुख गरेको बताउछिन । यी त उदाहरण मात्रै हुन् , यस्ता धेरै छन् हाम्रै ओरिपरी । जो चुनौति बनेर खडा भएको छ बर्तमानमा हामी सबै सामु । यस्तै अर्को चुनौती इन्टरनेटको दुरुपयोगले दिँदैछ । सामाजिक संजाल फेसबुक, ट्विटर, युटुवको गलत प्रयोग/उपयोगले नकारात्मक प्रभाव पारेको गुनाँसो बढ्दै गएको पनि छ । यहि दुरुपयोगले कैयौंको घर बेघर बनाएको छ ।

देशको अबास्था, विभिन्न बाध्यता र परिस्थितिवस आर्थिक अबस्था सुधार्न, परिवार र सन्तानको उज्जल भविष्यको सुन्दर सपना बोकी यसरी बिदेशिएकाहरु सबैले यसै गर्छन् भन्नु गलत हुन्छ । थोरै नराम्रामा धेरै राम्रा मुच्छिएका छन् । उसो त नेपालमै बसेर कुबाटो लाग्नेको संख्या कमी छैन । तसर्थ, समग्रमा भन्नुपर्दा बिग्रिने जहाँ गए पनि जसरी पनि बिग्रिन्छ र नबिग्रिने जही जतै गए पनि आफ्नो कर्तव्य उत्तरदायित्व भुल्दैन र गलत बाटो समाउदैन । यो सब त व्यक्ति आफैमा भर पर्ने कुरा हो ।

हाम्रो समाज कता गैरहेको छ ? यो चिन्ताको विषय बनेको छ आज । हामी बसेको समाज, हामीले कस्तो निर्माण गर्ने ! त्यो हाम्रै हातमा छ । तसर्थ, समयमै सोचौं ।

सुनिता राई ''कन्दङवा"

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com