इजरायलमा पुस्तक बेचेर SSDRC लाई पचास हजार सहयोग

इजरायल मङ्सिर १५,

बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC),पेप्सिकोलालाई पचास हजार रुपैया सहयोग रकम प्राप्त भएको छ ।
उक्त्त रकम हाल  इजरायलमा रहनु भएका  सामाजिक अभियान्ता नबराज आचार्यले रबिन्द्र मिश्रको पुस्तक  दिन पुगोस खान पुगोस ,बिकु लामाको पुस्तक  सोइनम र सरोज धितालको पुस्तक  उज्यालाका बिउ इजरायलमा रहनु  भएका नेपालीहरु माझ बिक्री गरी उठेको रकम बाट SSDRC लाई सहयोग गरिएको हो ।
पुस्तकको लेखक  रबिन्द्र मिश्र , बिकु लामा र नबराज आचार्यको श्रीमती मैना , दुई छोरीहरुले संस्थामा प्रत्यक्ष भिजिट गरी सो सहयोग रकम सयुक्त्त रुपमा SSDRC को अध्यक्ष सबिता उप्रेतीलाई हस्तान्तरण गरिएको छ । SSDRC भिजिटको क्रममा रबिन्द्र मिश्रले फेसबुक भिडियो लाईभ गर्नु भएको थियो।

रकम  हस्तान्तरण  कार्यक्रममा संस्थाको प्रमुख तथा सामाजिक अभियान्ता सबिता उप्रेतिले संस्थाको गतिबिधिको बारेमा जानकारी गराउदै पुस्तकका  लेखकहरु,सामाजिक अभियान्ता नवराज आचार्य लगाएत इजरायल बासी नेपालीहरु प्रती आभार प्रकट गरी धन्यवाद ब्यक्त्त  गर्नु भयो । मन्तब्यको क्रममा अटिजम बालक आदेश राज काफ्लेले आफ्नु सफलताको  कथा सुनाउदै नेपालमा अटिजमको अवस्था बताउदै अटिजम बालबालिकाहरुलाई अवसर , माया र सहयोगको  खाचो रहेको बताए ।
त्यसै गरी  बिकु लामाले संस्थाले गरेको सामाजिक कार्य प्रती प्रसम्शा गर्दै शुभकामना ब्यक्त्त गर्नु भयो भने रबिन्द्र मिश्रले म मन्दिर जान्न त्यसको  अर्थ यो होइन कि म भगवान मान्दिन ,अर्थ यो हो कि म सेवाको मन्दिरमा जान्छु जस्ले मलाई जिउदो भगवानहरु भेटेको महशुस  हुन्छ भन्दै SSDRC को कर्मको उच्च कदर गर्दै   शुभकामना ब्यक्त्त गर्नु भयो ।_स्रोत-न्युज अभियान :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com