अभिभावकसँग अनुहार नमिलेपछि डाक्टरमाथि खनीइन् युवति

एजेन्सी कार्तिक २१,

प्रायः सन्तानको अनुहार जन्म दिने बाबु आमाको जस्तो हुने गर्छ । तर यसमा शतप्रतिशत ग्यारेन्टी भने हुँदैन । किनकी कुनै सन्तानको अनुहार बाबुआमासँग कत्ति पनि नमिल्न सक्छ । आफ्नो अनुहार बाबुआमासँग नमिलेपछि के गर्ने ? क्यानडेली एक युवतीलाई यस्तै दुविधाले सताएको छ, अहिले । 

विविध आशंकाबीच उनी आफ्नी आमाको उपचार गर्ने चिकित्सकबिरुद्ध खनिएकी छिन् । हो, उपचार गर्न गएकी आमालाई अस्पतालको चिकित्सकले नै गर्भधारण गरेको आरोप लगाई क्यानडाकी एक महिलाले त्यहाँका एक चिकित्सकबिरुद्ध उजुरी गरेकी छिन् । २६ वर्षीय रिबिका डिक्सलन सानैदेखि आफूलाई भिन्न पाउँथिन् । बुबा आमाका निला आँखा र गोरा छाला भएपनि आफ्नो अनुहार बिल्कुलै भिन्न भएको उनले महशुस गर्थिन् । 

आफ्नो कालो कत्ला परेको र खैरो आँखाका कारण उनी बारम्बार साथीहरुबाट एउटै प्रश्न आउने गथ्र्यो– तिमीलाई बाबु आमाले एडप्ट गरेका हुन् ? यो प्रश्नले उनको दिमागलाई बारम्बार घोच्ने गथ्र्यो । तर उनका निर्दोष अभिभावकले उनी बायोलोजिक सन्तान नै भएको बताउने गर्थे । यही आशंकाबीच उनलाई अकस्मात् एउटा वंशानुगत रोग देखियो, जुन उनको अभिभावको वंशजमा कहिल्यै देखिएको थिएन । 

डिक्सन र उनका अभिभावक डेनियल र डाभिनाले यस विषयमा थप अनुसन्धान गर्ने निधो गरे । रगत परीक्षणपछि उनको बाबु एबी र उनी ओबी पोजेटिभ देखिएको थियो, जसको अर्थ डेनियल जैबिक बाबु नभएको क्लिनिकल्ली पुष्टि भएको थियो ।

 ‘यो निश्चय नै पीडा हो,’ डिक्सले क्यानेडेली पत्रिका ओटावा सिटिजिनलाई भनिन्, ‘अहिले अभिभावकमा एक प्रकारको आक्रोश देखिएको छ । बुबाआमाले धोका पाएको महशुस गर्नुभएको छ,’ उनले भनिन् । यी युवतीले आशंका गरेका डाक्टर डा. बारविन यसअघि पनि चारजना महिलामा आफ्नै वीर्य राखेर गर्भाधारण गराएको केशमा दुई महिना निलम्बनमा परेका थिए । 

‘आमाको गर्भाधारण प्रक्रियामा डा. बारविनले लापरबाहीपूर्वक आफ्नै वीर्यको प्रयोग गरेको विद्यमान स्वास्थ्य र सुरक्षासम्बन्धी अधिकारबाट बन्चित गरिएकोले छानविन गरी कारबाही गरी पाउँ,’ भन्दै उनले अदातलमा मुद्दा दायर गरेकी छिन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com