बाँके, हैजा विरुद्ध खोप

खजुरा (बाँके) मङ्सिर १५,

हैजा विरुद्धको खोप अभियान बाँकेमा सुरु भएको छ । पहिलो चरणअन्तर्गत मङ्गबारदेखि १८ गतेसम्म र दोस्रो चरण पुस २ गतेदेखि ६ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिए । 

यो खोप एक वर्ष माथिका सबैलाई भए पनि गर्भवती र सिकिस्त बिरामीले खान नहुने उनले बताए । विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्र निर्धारण गरी हैजाको खोप सञ्चालन गर्न लागिएको हो ।

यसैबीच बाँकेको टिटिहिरिया गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसका १९२ जनाले लगाउनुपर्ने सबै ११ प्रकारका खोप लगाएपछि सो गाविसलाई पूर्र्ण खोपयुक्त गाविस घोषणा गरिएको गाविस सचिव तप्तराज आचार्यले बताए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com