एन्जिला चौंथो पटक चान्सलरमा उम्मेद्वारी दिने तयारीमा

एजेन्सी मङ्सिर ६,

युरोपकी आइरन लेडीका रुपमा चिनिने जर्मन चान्सलर एन्जिला मर्केलले २०१७ सेप्टेम्बरमा हुने चान्सलरको निर्वाचनमा चौथो पटक पनि उम्मेद्वारी दिने भएकी छन्। मर्केलले आफ्नो उम्मेद्वारीको घोषणा गरेपनि उनले त्यो कार्य अब निकै संघर्षपूर्ण हुने बताएकी छन् । ‘अमेरिकामा ‍ओबामाको कार्यकाल समाप्ती र डोनाल्ड ट्रम्पको आगमनपछि विश्वले जर्मनबाट गर्ने आशामा पनि पक्कै फरक आउने छ’ उनले भनेकी छन् ।

आईतवार बर्लिनमा भएको पत्रकार सम्मेलनमा मर्केलले भनिन् ‘ फेरी उम्मेद्वारी दिने विषयमा विचार गर्न मैले निकै नै समय विताएँ, ११ वर्ष सत्तामा बसेर फेरी चौंथो पटकका लागि पनि उमेद्वारी दिनु भनेको देश, पार्टी र मेरोलागि कुनै सामान्य निर्णय भने होइन्।’

सन् २००५ मा प्रथम पटक त्यो पद सम्हालेदेखि अहिलेसम्म आफू जर्मनीलाई सेवा गर्न केन्द्रित रहेको उनले बताइन् । ६२ बर्षीया मर्केललाई संसारकै शक्तिशाली महिलाका रुपमा चिनिन्छ। मर्केल संसारमै धेरै अनुभव र पश्चिममा लामो समय काम गर्ने मध्येकी महिला नेताका रुपमा परिचित छन् । उनले अबका नयाँ संघर्षहरू युरोपसँगको सम्बन्ध, ट्रम्प कार्यकालमा अब अमेरिकासँगको सम्बन्ध, युरोपीयन यूनियनको बहिर्गमनपछि बेलायतसँगको सम्बन्ध र रसियासँगको सम्बन्धका हेर्नुपर्नेछ जुन निकै नै चूनौतिपूर्ण रहेको छ। युरोपमा बढ्दो आप्रवासी समस्या र यूरो अवमुल्यन उनको लागि अबको कार्यकालमा महत्वपूर्ण चुनौति हुने छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com