एजेन्सी मङ्सिर १५,
पेट्रोलियम पदार्थको धनी मुलुक कुवेतमा यसै साता भएको निर्वाचनमा एक जना महिला समेत निर्वाचित हुनुभएको छ। कुल ५० सिटमा सफा एल हासिम एक मात्र महिला सांसदमा बिजयी हुनुभएको छ। निर्वाचनमा जम्मा १५ महिला उम्मेदवारले भाग लिएका थिए । हासिम हालसम्म संसदमा निर्वाचित हुने ९ औ महिला हुन्।
एल हासिम तिनै वटा संसदीय निर्वाचनमा विजयी हुने पहिलो महिला पनि हुन्। गल्फ न्युजका अनुसार कुवेतमा महिलाले २००५ मा भोट दिने र राष्ट्रिय निर्वाचनमा उम्मेदवार हुन पाउने अधिकार पाएका थिए ।
५२ बर्षिया हासिम एक व्यापारी महिला हुन्। उनले अंग्रेजी साहित्य र व्यापार प्रशासनमा स्नातकोत्तर गरेकी थिइन्। सन् २००७ मा उनले दुबईमा भएको मिड इष्ट सीइओ अवार्ड आयोजनामा ‘ फिमेल सीइओ अफ द यिएर अवार्ड’ पाएकी थिइन्।
कुवेतमा श्रमिक महिलाको संख्या कुल श्रमिक संख्याको ५० प्रतिशत भन्दा बढि रहेको छ र वर्ल्ड इकोनोमिक फोरमका अनुसार महिलाहरु निकै शिक्षित पनि छन्। तर अन्य देशहरुको तुलनामा संसदमा महिला सहभागिता न्युन रहेको छ।