एजेन्सी कार्तिक १८,
अमेरीकाको एरिजोनाकी १०२ वर्षीया बृद्धा जेरी इमेटले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटीक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्ने बताएकी छिन। उनी संयुक्त राज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्त हुनु ६ वर्षअघि सन् १९१४ मा जन्मेको अमेिरकाबाट प्रकाशित हुने डेलीन्युजले जनाएको छ।
१०२ वर्षीया ज्येष्ठ नागरिक जेरी इमेट क्लिन्टनकी समर्थक हुन् र उनले मताधिकार सदुपयोग गर्दै क्लिन्टनलाई जिताउन एरिजोनावासी सबै महिलालाई आह्वान गरेकी छन् । जेरी जुलाई महिनामा फिलाडेल्फियामा महिनाभर त्यहाँका सञ्चार माध्यममा मुख्य समाचार बनेकी थिइन । उनले अमेरिकाको पुर्व मतदान प्रणालीलाई प्रयोग गर्न पनि आव्हान गरेकी थिइन्।
अमेरिकी संविधानको १९ औं संसोधनपछि सन् १९२० को अगस्ट महिनादेखि अमेरीकामा महिलाले मताधिकार प्रदान गरिने बिधेयक स्वीकृत भएको थियो । त्यतिबेला इमेटले आफ्नी आमा पहिलोपटक मतदान गर्न गएको दिन स्मरण गरेकी थिइन्।
अवकाशप्राप्त शिक्षिका जेरी भन्छिन् ‘ जिवनभर आफ्नो भोट एक महिलालाई हाल्न पर्खेर बसेको र क्लिनटन, जो अब राष्ट्रको प्रथम महिला राष्ट्रपति बन्नेछिन्, उनलाई मतदान गर्न आफू निकै उत्साहित छु ।’