कविता 'के आयो के आयो'
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
के आयो के आयो
कोही भन्छन् प्रजातन्त्र आयो
कोही भन्छन् गणतन्त्र आयो
कोही भन्छन् झूठो भाषण आयो
कोही भन्छन् सांसदहरुको शासन आयो
के आयो के आयो
कोही भन्छन् भ्रष्टचारीहरूको राज आयो
कोही भन्छन् लोडसेडीङको साँझ आयो
कोही भन्छन् चल्ला लखेट्ने बाज आयो
कोही भन्छन् अर्को हुकुमे ताज आयो
के आयो के आयो
कोही भन्छन् संसदमा महाअभियोग आयो
ओहो कमिशनखोरको नाममा दाग आयो
कोही भन्छन् मंत्रीमंडलमा भाग आयो
साधारणको जीवनमा विजोग आयो
के आयो के आयो
कोही भन्छन् पार्टी पार्टी मिलेको सरकार आयो
कोही भन्छन् कति धेरै दरबार आयो
देश भरी डाक्टरी कलेजको व्यापार आयो
बिदेशमा गर्ने उपचार आयो