काभ्रे मङ्सिर ६,
झारफुक गर्ने निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध प्रहरीले जिल्ला अदालत काभ्रेमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको हो ।
पीडितका आफन्तले दिएको जाहेरीका आधारमा तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
बनेपा बस्ने तिमल्सिनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो । यसअघि पनि झारफुकको निहुँमा बलात्कार गरेको आरोपमा शङ्खु गाविसबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो ।