काठमाडौं मङ्सिर ७,
पेप्सिकोला सचेतमार्गमा रहेको कपुर गार्डेनमा नेपालकै पहिलो ‘पार्क लाइब्रेरी’ बन्ने भएको छ । लाइब्रेरी निर्माणका लागि सहयोग रकम जुटिरहेको कपुर गार्डेन र पार्क लाइब्रेरीका अध्यक्ष बिकु लामाले बताए ।
लाइब्रेरी निर्माणका लागि ४० लाख लागत लाग्ने अनुमान गरिएको छ । उक्त अभियानमा इजरायलबाट खोटाङका नवराज आचार्यले ५० हजार सहयोग गरेका छन् । आचार्यले उनको ४० औं जन्मदिनको अवसर पारी दिवंगत आमाको सम्झनामा उक्त सहयोग गरेको बताए ।
नबराज आचार्य |
उनले भने, ‘४० औं जन्म दिनको अवसर र स्वर्गिय ममतामयी आमा बिष्णुमाया आचार्य र दुवै मिर्गौला फेल भएर २६ वर्षको कलिलो उमेरमा स्वर्ग भएकी भान्जी उर्मिला पोखरेलको सम्झनामा सहयोग गरेको हो ।’ विभिन्न समाजसेवी अभियानमा सहयोग गर्दै आएका आचार्य लाइब्रेरी निर्माण अभियानका इजरायल संयोजकसमेत हुन् ।
दुई रोपनी जग्गामा फैलिएको कपुर गार्डेनमा निर्माण हुने पार्क लाइब्रेरी नेपालकै पहिलो मात्र नभएर उत्कृष्ट लाइब्रेरी बन्ने अध्यक्ष लामाले बताए । त्यसका लागि सहयोग संकलन सुरु भएको र पाँच महिनामा निर्माण सम्पन्न गर्ने योजना रहेको उनले बताए । लामाले भने, ‘विभिन्न दाताहरुकै सहयोगबाट लाइब्रेरी बन्दैछ, यसका लागि सहयोग संकलन सुरु भएको छ, निर्माण अभियानको सुरु इजरायलबाट नवराजजीले गर्नुभएको छ, यसैगरी देशविदेशमा रहने शिक्षाप्रेमीहरुबाट साथ र सहयोगको आशा गरेको छु ।’_एभेरेस्ट टाइम;
__ पुस्तकालय निर्माण स्थल...