श्रीमानको कुटाइबाट घाइते सुनकुमारीको निधन

रुपन्देही कार्तिक २८,

श्रीमानको कुटाइबाट घाइते रोल्पाकी सुनकुमारी नेपालीको उपचारको क्रममा आज निधन भएको छ । युनिभर्सल मेडिकल कलेजमा भैरहवामा उनको उपचार भइरहेको थियो ।

श्रीमानको कुटाईबाट घाइते भएपछि सुरुमा आर्थिक अभाबका कारण उपचारमा समस्या भएको थियो । रोल्पा थवाङ ८ की ४८ वर्षीया सुनकुमारीलाई गत असोज २६ गते साँझ आफ्नै श्रीमानले मरणासन्न हुने गरी कुटेका थिए ।

थवाङ प्रहरीले उद्धार गरी घर्तीगाउँ अस्पताल पठायो तर, त्यहाँ उपचार सम्भव नभएपछि १३ वर्षीया छोरी बिनिताले उनलाई भैरहवा ल्याइन् । शनिबार मात्रै सभामुख ओनसरी घर्ती र उपराष्ट्रपतिपुत्र दीपेश पुनसहितको टोली अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएको थियो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com