अफ्रिकामा देउसी भैलो खेल्दै मनाइयो तिहार

लेगोस , नाइजेरिया कार्तिक १६,

नाइजेरियाको लेगोसमा गैर आबाशिय नेपाली संघको नाइजेरिया राष्ट्रिय समन्वय समितिले हरेक बर्ष झै यस् बर्ष पनि लेगोसको अपापामा देउसी भैलो खेलेर तिहार मनाएको छ |

संघका अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य चिरन्जिबी रोकाले गरेका थिए |

 देउसी भैलोमा संघका सचिब रोशन थापा , विश्वाश पौडेल , गंगासागर श्रेष्ठ , ईन्द्र टण्डन , अभिशेक सिंह , बुधराम महतो ,मदन बोहरा , मन थापा ,अन्जु पौडेल ,अर्चना सिंह लगाएत सदस्यहरुको सहभागीता थियो |

उक्त देउसी भैलो कार्यक्रमबाट नेपाली रु सत्तरी हजार संकलन गरिएको र उक्त रकम संघले गर्ने कुनै परोपकारी सामाजिक कार्यमा नेपालमा पठाउने जनाइएको छ |

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com