गजल By, अनिल बान
जिन्दाबाद र मुर्दाबादको खेल कहिले सम्म सरकार !!
नेपाल आमाको आँखामा भेल कहिले सम्म सरकार !!
राष्ट्रघाति देख्छु खुलेआम घुमेको अझैपनि
निमुखा, ईमान्दार लाई जेल कहिले सम्म सरकार
संविधान त बन्यो तर अझै रोकिएको छैन
ढुङ्गा,मुडा खेलमा ठेलमठेल कहिलेसम्म सरकार
म हेर्दै छु त्यो रुखलाई, निरन्तर अरे
कागलाई बेल, कहिले सम्म सरकार
जानीजानी दिएका छौ जनतालाई कयौंपटक
आश्वासनको मात्रै रेल कहिलेसम्म सरकार।
अनिल बन
दगा तुम्डाँडा ५ बाग्लुङ
हाल =अबु धाबी यु.ए.इ.