एजेन्सी असोज १९,
लामो समय बच्चा जन्माउन नसेकेकी महिला ६० वर्षमा आमा बन्दा कस्तो उमंग होला ? निश्चय नै यो खुशियालीलाई शब्दमा बर्णन गर्न सकिदैन् । हो अमेरिकाको इन्डियाना राज्यकी एक महिला जीवनको उत्तारद्धमा जुम्ल्याहा छोरा जन्माएपछि यतिबेला मख्ख छिन् ।
इन्डियानाको पाईक कन्ट्रीको एउट चर्च जाने क्रममा क्लाउडीटी कुकको १० वर्षअघि रोससँग भेट भएको थियो । केही दिनको बाक्लो भेटघाट पछि दुबैले बिबाह गर्ने निधो गरे । त्यतिबेला रोज ४५ वर्षका थिए भने कुक ५० वर्ष । बुढेसकालमै बिबाह गरे पनि उनीहरुलाई सन्तानको रहर जाग्यो । तर बच्चा जन्माउन कुक पाको भएको चिकित्सकले बताएपछि उनीहरु अत्याधुनिक विधि इन भिट्रो फर्टिलाईजेसन (आईभीएफ) प्रविधि अप्नायो । अन्तत सेप्टेम्बर २५ मा यो जोडिले जुम्लाहा बच्चा जन्माएको छ । छोराको नाम इज्याक र इसिह राखेका छन ।
‘खुसीले म रोए,’ कुकले भनिन, ‘सबैले मलाई हेरिरहेका थिए, मानौ म टेलिभिजनमा देखिएकी थिए ।’
‘साहै खुसीलागेको थियो । हरेक क्षण परिर्वर्तित जस्तो । जब बच्चा जन्मिन्छन, तपाईको जीवन नै परिवर्तन हुदो रहेछ,’ उनले थपिन् ।
एक महिना अगाडि जन्मिए पनि बच्चा स्वस्थ भएको चिकित्सकहरुले बताएका छन् । दुबै बच्चाको तौल झन्डै पाँच पाउन्ड छ । सी सेक्सनद्धारा उनीहरुलाई जन्माइएको थियो ।
१० वर्षदेखिको बच्चा जन्माउने आफ्नो सपना साकार भएको कुक बताउछिन् । राम्रो पोषण र व्यायायमका कारण गर्भवती बन्न सकेको उनको भनाई छ । ‘यो सबै देश भगवनाको आर्शिवाद र स्वस्थ तथा तन्दु्रस्तीलाई जान्छ,’ उनले भनिन् ।
के हो आइभीएफ प्रविधि ?
आईभीएफमा डिम्बलाई महिलाको शरिरबाहिर निशेचिकरण गरिन्छ । ओभुलेसनपछि मासिक चक्रको बीचमा परिपक्व डिम्बलाई योनी वा पेटबाट निकालेर पुरुषको वीर्यमा मिसाएर इन्कुबेटरमा राखिन्छ । त्यसपछि महिलाको पाठेघरमा राखिन्छ । परिपक्व डिम्बलाई सक्रीय बनाउन उनलाई उर्वर सम्बन्धि औषधी खुवाईएको थियो ।
आइभीएफ उपचार पद्धतीको शुल्क देश अनुसार फरक फरक हुन्छ ।