एघार दिनदेखि बेपत्ता रहेकी सुत्केरी मृत फेला

बैतडी असोज २८,

एघार दिनदेखि बेपत्ता रहेकी एक सुत्केरी आज मृत फेला परेकी छन् । मृत भेटिनेमा थलाकडा–८ का वीरेन्द्रसिंह धामीकी २० वर्षीया श्रीमती पार्वती रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

यही असोज १७ गते सुत्केरी भई घरमै भएको अवस्थामा घरपरिवारलाई जानकारी नदिई बेपत्ता भएकी पार्वती आज घर नजिकै मृत फेला परेकी उनकी जेठाजु रामसिंहले फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com