झाडापाखालाबाट एक सुत्केरीको मृत्यु

मोरङ कार्तिक ६,

झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेको छ ।

एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्यु भएको हो । ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए।

झाडापाखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयवासीले बताए । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com