बुधबारे असोज २०,
झापाको बुधबारेबाट प्रकाशित पूर्वेली साप्ताहिकले आफ्नो प्रथम साधारण
सभाको अवसर पारेर ५ पत्रकार र २ जना समाजसेवीलाई सम्मान गरेको छ
बुधबार रामजानकी मन्दिरको सभाहलमा वुद्धशान्ति मिडिया हाउस प्रालिका अध्यक्ष
देवीप्रसाद खतिवडाको सभापतित्व तथा मेची क्याम्पस भद्रपुरका प्राध्यापक तथा
साहित्यकार चुणामणि बशिष्ठको प्रमुख आतिथ्यमा पत्रकार टंक विकल्प, भुवन
तामाङ, नरेन्द्र ढकाल, शम्भू दाहाल र धनकुमार लावती –दिपेन) सम्मानित भएका
हुन् ।
त्यस्तै झापाको बुधबारेलाई कर्म थलो बनाएका सामाजिक व्यक्तित्व
दिनानाथ ढकाल तथा झापाको शान्तिनगरलाई कर्मथलो बनाएका सामाजिक व्यक्तित्व
ज्ञानबहादुर मगरलाई पनि साधारण सभाको अवसर पारेर सम्मान गरिएको छ ।
सोही अवसरमा पत्रिकालाई विभिन्न कोणबाट सहयोग गर्ने विभिन्न व्यक्ति तथा
संस्थालाई मायाको चिनो वितरण गरिएको थियो ।
प्रालिका संञ्चालक ज्ञाननाथ पौड्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेकपा
एमाले बुधबारे अध्यक्ष टिका पाठक, बुधबारे गाविसका पूर्व गाविस अध्यक्ष खडानन्द
वाग्ले, शिक्षक दिपक गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौड्याल,
पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, प्रमुख अतिथि बशिष्ठले शुभकामना
मन्तव्य राखेका थिए ।
अध्यक्ष खतिवडाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने बोल्ने बक्ताहरुले
गाम्रिण क्षेत्रमा संचालित पत्रिकाको लोकप्रियता प्रति प्रशंसा गरेका थिए भने
दैनिक पत्रिकाका रुपमा पाठक सामू पुग्न सुझाएका छन्
कार्यक्रम पत्रिकाका प्रवन्धक पुष्पराज भट्टराई र सम्पादक अनिल वाग्लेले संयुक्त
रुपमा संचालन गरेका थिए ।