दुई महिने सुत्केरीलाई लुटेरा समूहले कुटपिटगरि हत्या गरे

१२ कात्तिक, बुटवल ,

रुपन्देहीको देवदह-२ ढेकारमा दुई महिने सुत्केरीलाई लुटेरा समूहले कुटपिट गरी हत्या गरेको छ ।

गएराति एक बजे लुटेराहरुको समूहले कुटपिट गर्दा दुई महिनाकी सुत्केरी २४ वर्षीया नमकला पाण्डेको मृत्यु भएको हो । लुटेरा समूहले नमकलालाई कुटपिट गरी चार तोला सुनका गहना समेत लुटेर लगेका छन् ।

दुई महिनाकी छोरी दूध खान नपाएर रोएपछि मात्र अर्को कोठामा सुतेका नमकलाका ससुरा देवीप्रसाद पाण्डेले हेर्दा हत्या भएको अवस्थामा बुहारीलाई फेला पारेका थिए । त्यसपछि आफूले तत्काल प्रहरीलाई खबर गरेको पाण्डेले बताए ।

नमकलाको दायाँ कानमाथि धारिलो हतियारले काटेको घाउ छ । घाइते नमकलाको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।


घरमा सासु-ससुरा अर्को कोठामा सुतेका थिए भने श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् ।

लुटेरा समूहले नमकलाले लगाएको सुनको सिक्री, मंगलसुत्र लगायतका गहना लुटेर लगेका छन् । लुटेराहरुको खोजीकार्य तिब्र भैरहेको प्रहरीको भनाई छ ।अनलाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com