होटल मेनेजमेन्ट पढ्न आएका बिद्यार्थीलाई किल्नरको भिसा बिद्यार्थी परे युएई मा अलपत्र

सुसान आचार्य /यु ए इ असोज १९,

काठमाडौँको गौसला स्थित पसुपती भिजन नजिक रहेको( ICHM Nepal ) नामक कलेजले यु ए इ मा पढ्न भनी पठाएका तीन नेपाली बिद्यार्थी अलपत्र परेका छन ।

कलेजलाई जनही ९० हजार रुपैया बुझाइ काठमाडौँको गौरिधारामा रहेको (डाइनामिक केयर) मेनपावर प्रा.ली बाट यु ए इ को दुबई राज्य स्थित होटेल हायतमा होटेल म्यानेजम्यान्ट बिसएको आबस्यक कोर्स पूरा गर्न भनी आएका काभ्रे महादेवस्थान २ का सन्तोष सापकोटा महादेवस्थान २ कै हरिसरण पराजुली र लेटाङ ४ मोरङ का सुमन बिस्वकर्मा कलेजले झुक्याएर सम्झौता गरिदिए पछी अलपत्र परेका हुन ।

आफ्नो कलेजका प्रमुख (MD )शिवकुमार श्रेष्ठ ले दुबई स्थित होटेल हायातमा प्राक्टिकल हुने पढाई सङ्गै आठ घन्टा काम र खाना बस्न को समेत सुबिधा रहेको र राम्रो पढाई हुने भन्दै आफुहरुलाइ झुक्याएर यु ए इ को अजमान स्थित( AOH )नामक किल्निङ कम्पनीमा हाल्दिय पछी काम मात्र नभै पढन नपाउदा भबिस्य नै बिगृयको गुनासो पीडित मध्यका एक सन्तोष सापकोटा ले प्रत्येक्ष फोन सम्पर्कमा बताएका छन ।

सन्तोषका अनुसार सुरु देखि नै दैनिक १५ देखि १६ घन्टा सम्म काम गर्नु परेको होस्टेल मा ढल फुटेर कोठा भित्र पानी पस्दा समेत कम्पनीले त्यही कोठामा राखी राखेको र बिरामी हुदा समेत उपचार गर्न नपाय पछी आफुहरुको भबिस्य नै अन्धकार भएको जनाएका छन । अजमान को जुर्फ २ मा रहेको AOH नामक कम्पनीमा आफूहरुलाइ नेपाली मेनेन्जरले समेत बिरामी भएको अबस्थामा पनि बारम्बार काम गर्न दबाब दियको र घर फर्कन खोज्दा ५००० दिराम मागे पछी अब आफुहरु अलपत्र परेका जानकारी सन्तोस ले दिएका छन ।

फोन सम्पर्कमा रुदै बोलेका सन्तोषले नेपालमा होटेल को एगृमेन्ट किन नगरेको भनी कलेज का MD लाई आफुले सोध्दा भिसा नलाग्ने र चाडो हुने भन्दै किल्निङको भिसा र सोही कम्पनीको सम्झौता गरेको भनी आफ्नै कलेजका MD ले नराम्रो सङ फसायको बताएका छन । आफुहरुलाइ निक्कै अफ्ट्यारो परेको र पढाई समेत बिग्रेको जानकारी घरमा गराइ मेनपावर मा दबाब दिदा मेनपावर को सन्चालक मनोज भन्ने ब्यक्ति नेपाल छोडेर कतार गयको र कलेज ले समेत आफ्नो समस्या नसुने पछी आफुहरु लाई नेपाल फर्कन समेत समस्या भएको बताएका छन ।

बिरामी भयर कोठमा बस्दा ( क्यामबोस) र नेपाली मेनेन्जर बिस्णु भन्ने ब्यक्ति कोठामै आउँछ काम नगरे थुन्छु भन्छ समस्या पर्यो भन्दै बारम्बार दूतावासलाई फोन गर्दा पनि वास्ता गर्दैन हामी अब अलपत्र पर्यौ भन्दै सन्तोसले कलेज बाट अरु पनि साथीहरू यसैगरी पठाउन लागेको भन्दै सम्बधित ठाउ बाट पहल गरि उनिहरु लाई अलपत्र हुन बाट रोक्न अनुरोध गरेका छन । साथै आफुहरुलाइ बेचेर पैसा कमाउने हाम्रो कलेज को प्रमुख सिवकुमार श्रेष्ठ र मेनपावर संचालक लाई तुरुन्तै कारबाही गरि आफुहरुलाइ उद्दार गरिदिन समेत सबैलाइ अनुरोध गरेका छन ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com