ताप्लेजुङ असोज २८,
खराब मौसमका कारण हेलिकप्टर पुग्न नसक्दा ताप्लेजुङमा एक गर्भवतीको मृत्यु भएको छ ।
ताप्लेजुङ पापुङकी ४० वर्षीया गर्भवती पेमा शेर्पालाई लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण पुग्न नसक्दा गएराति मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताउनुभयो ।
पेमालाई लिन पुगेको हेलिकप्टर विहीवार दुई पटक पापुङमा अवतरण गराउने प्रयास भए पनि खराब मौसमका कारण अवतरण हुन नसक्दा उनको समयमा उद्धार हुन नसकेको हो ।
पहिलो पटकको प्रयास विफल भएपछि हेलिकप्टर खोक्लिङमा अवतरण भएको थियो भने दोस्रो पटक पनि गन्तव्यमा अवतरण नहुँदा सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको प्राङ्गणमा राखिएको थियो ।
_महिला खबर;