दङाली कलाकारहरुले ल्याए कन्ट्रीसाईड एरोमा ( भिडियो)

काठमाण्डौ कार्तिक ६,

सर्वनाम थ्रीयटरमा नाटक प्रशिक्षण प्रश्चात मान्छे पोल्ने भट्टी निर्देशन गरेका दङाली कलाकार प्रणव आकाशले तयार पारेको विषयवस्तुमा सर्ट फिलिम कन्ट्री साईड एरोमा युटुबमा सार्वजनिक भएको छ । गाउँ र गाउंका मान्छेहरुलाई हेर्ने नकारात्मक द्रुष्टिकोणले गर्दा जब सहरिया ठिटो डिप्रेसनको सिकारमा पर्छ अनि उक्त ह्याङओभरबाट मुक्त हुन गाउँमा जादां उस्को मनमा उब्जिएको घटना परिघटनाको शिलशिला र त्यो समयमा उ कसरी प्रस्तुत हुन्छ भन्ने कुरा कन्ट्रीसाईड एरोमाले देखाउछं ।

प्रणव आकाश आफैले लिड रोल गरेका छ्न भने कलाकार लगाएत प्राबिधिक काम पनि दङालीको नै रहेको छ । फिलिममा अर्जुन पाण्डे हिमालको पात्रलाई औधी रुचाईएको छ । बुढाथोकी सन्तोष , शान्तराज गौतमको अभिनयले पनि उत्तिकै छोएको छ भने निरज अधिकारीको साथलाई पनि मान्नै पर्छ । एरोमालाई प्रेमराज लामिछानेले सम्पादन एवंम खिचेका छन । सर्ट फिलिम युयास आईन्ड नेपालको मिडिया पार्ट्नर र लोगो कृयशनको प्रस्तुतीमा निर्माण भएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com