प्रेमबहादुर शाही,
नेपाली हिन्दु धर्मालम्वीहरुको दोस्रो ठूलो चाड तिहार हो । खास गरी तिहार कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि
कार्तिक शुक्लपक्षको द्वितीया पाँच दिनसम्म मनाईने गरिन्छ । इतिहास अनुसार हिन्दी शव्दको ।
त्योहार’
शव्दबाट अपभ्रंश हुँदै तिहार भनिदै आएको धर्मशास्त्रमा पौराणिक कथन छ । सूर्यका छोरा यमराजले आफ्नी
बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएका र यमुनाको व्यवहारले निकै
प्रसन्नभई तिमीलाई जे मन लाग्छ त्यहि वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न
आउनुपर्ने, दुवैको प्रेम सदा अटल, कीर्तिसदा र वृद्धिहोस भन्ने वरदान मागेपछि यमराजले पनि तथास्तु भनि सधै
उन्नति हुने तथा कीर्ती पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भएको भनाई छ । यसरी
प्राचिनकालदेखि मनाईदै आइएको तिहार एक्काईशौं शताब्दीका हामी आधुनिक भनिनेहरु तिहारको महत्वलाई
भुल्दैं गएका छौं ।
पुरानो चालचलन, रितिरिवा र त्यसको महत्वलाई बुझ्न सकेका छैनौं । आज स्वइच्छा अनुसार
तिहार मनाउने पनि गरिएको छ । तिहार नेपालमा मात्र नभएर दक्षिण एसियका भारत, भुटान र बर्मामा पनि विभिन्न
प्रकारले मनाईनुको साथै संसारभर छरिएर रहेका नेपालीहरुले त्यहि मनाउने गर्दछन । तिहारको पहिलो दिन काग
तिहार मनाईन्छ । काग सर्वभक्षी प्राणी भएकाले सबैलाई समान दृष्टिले हेर्ने गर्दछ । तिहारको दोस्रो दिन कुकुर
तिहार मनाईन्छ, कुकुर यमराजको अर्को प्रियभक्तका रुपमा लिई आज्ञापालक एवं रक्षकको रुपमा हेर्ने गरिन्छ ।
तिहारको तेस्रो दिनमा गाई तिहार मनाईन्छ, गाईको गोबरले घर, आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर
छर्केर आफ्ना घर कोठा चोटा पवित्र तुल्याउने गरिन्छ । तिहारको चौथो दिन गोरु तिहार मनाईन्छ, कृष्ण भगवान
गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गरेका थिए र तिहार पाँचौ दिन
अर्थात भाईटीका भनिन्छ । यसलाई कार्तिक शुक्ल द्वितीया तिथिका दिन विशेष उत्साहका साथ मनाइन्छ ।
भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको
माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, अरोग्य एवं
दीर्घायूको कामना गर्ने गरिन्छ ।
अहिलको जवानासँगै तिहारमा ठूल÷ठूला विकृति र विसंबगति भित्रिएका छन । जसले
गर्दा तिहकारको प्रत्यक वर्ष महत्व घट्दै गएको छ । तिहाको लागि प्रयोग गरिने टीका, माला र खानेकुराहरु बनावटी
मात्र रहेका छन । प्राकृतिक वरदारको रुपमा पाईएका ओखर, कटुस, बदाम आदी जस्ता फलको सट्टामा चकलेट, विस्कृत
आदी प्रयोग गरिने गरिएको छ । घर आगन फूलहरु फूलि ढपक्क ढाकेका हुन्थिए भने आजभोलि प्लास्किको
फूलका माला प्रयोग गरिने गरिएको छ । यसले हाम्रो मौलिकतालाई विसाएको मात्र छैन स्वास्थ्यलाई पनि ठूलो
हानि पु¥याउने गरेको छ । जसले तिहाको पौराणिक महत्वका घटाउँदै गएको छ । नक्कली सामाग्रीको बिग÷बिगी
प्रत्येक वर्ष बढ्दैं गएको छ । त्यसलाई निमूल गर्नको लागि कुनै पक्षबाट पहल गर्न सकिएको छैन ।
तिहारको
लागि भन्दै बाहिरी देशबाट लाखौं फूलका मालाहरु भित्रिने गरिएका छन । घर आगन बारीमा फूलेका फूलहरु
को आत्मीयता जोडिएको थियो भने अहिले ती सवै छुटेका छन । देउसी भैलोकोमा गाइने गीतमा पनि धेरै
मौलिकतालाई विर्सिदैं आधुनिकता छाएको छ । बजारमा आएका गीतहरु डेकको माद्यमबाट नाँचगान गर्ने गरिन्छ ।
घरमा दियो वालि पूजा पाठ गरिन्थयो भने अहिले बक्तिहरुले झिलीमीले पारीने गरिएको छ । तिहारको नाम
लिई लार्खौ रुपैयाहरु जुवा तास र धुप्रपान तथा मध्यपानमा खचिने गरिएको छ ।
भनिन्छ ।रगतको नाता भन्दा
भावनाको नाता बलियो हुन्छ ।’ तर त्यहि नाता वर्षको एक पटक तिहारको दिनमा थाहाँ हुन्छ । कति वलियो छ, कति
कमजोर छ भनेर ? बुबा आमाको कोखबाट छोरोको जन्म नभई छोरीको मात्र जन्म हुन्छ, अर्थात छोरीको जन्म
नभई छोराकोमात्र जन्महुन्छ उसैलाईमात्र थाहाँ हुन्छ दाजुभाई÷दिदीबहिनाको महत्व के रहेछ भनेर ? अरु
को घरमा दाजुभाई÷दिदीवहिलनीले टीका, फूलको माला लाईरहँदा आफ्नो निधार र घाँटी खालि हुदाको
पीडा कस्तो होला ? यो मात्र हैन विभिन्न परिस्थितिले गर्दा घरछोडेर बाहिर भएका दाजुभाई÷दिदीबहिनीलाई
तिहार सम्झनाले नराम्रोरी पिरोल्ने गर्दछ ।
आफु जन्मेको हुर्केको देशसँग छुट्टै नाता छ छर्दैछ तर विशेष गरी
तिहारमात्र नभई अन्य सवै चाड पर्वहरु कहिल्यै पनि नआउनु भन्ने सोचका हुन्छन । जव घर आगन र वगैचाहरुमा धपक्क
फूलेका फूलहरु देखिएका हुन्छ । त्यसपछि उनीहको मन भक्कानीएर आउँने गर्दछ । जीवनमा जति खुसी
भएपनि उनीहरुको जीवन एक दिनको तिहारले ठूलै चोट पु¥याउँछ । जसको वयान गर्न यस पंक्तिमा उल्लेख
गर्नपनि सम्भव पनि छैन ।
हामी जति आधुनिक भए पनि हाम्रो अगाडी यस्तो अदृश्य शक्ति छ, जसलाई कसैले समाप्त
गर्न कहिल्यै सक्दैन । त्यहि शक्तिसँग जोडिएर आएको छ, हाम्रो कला संस्कृति, रितिरिवाज, चाल चलना र चाड पर्व । यीनीहरु कसैको लागि राम्रो अर्थात कसैको लागि नराम्रो भएपनि हामी सामाजिक प्रणाली भएकाले समाज भन्दा
बाहिर गएर बाँच्च सक्दैनौं । तिनीहरुलाई न माया गरेर सम्झि रहन सकिन्छ, न त घृणा गरेर सदाको लागि विर्सीन
सकिन्छ । त्यसैले हामीहरु जहाँ जे जस्तो अवस्थामा रहेपनि त्यहि भब्य, सब्य र उल्लासका साथ यो वर्षको तिहार
मनाउँ भन्दै वि.स. २०७३ सालको शुभ दीपावलीले सवैमा सुख, शान्ति, समुद्धि र सु–स्वास्थ्य एवं दिर्घायुसँगै
उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु ।
लेखक, दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन