दशैं स्पेसल ( गजल )


दशैं स्पेसल ( गजल )

दशैँ आयो फेरी कति खसी राँगा मर्छन कठै !
मानव रुपी दानवले आफ्नो पेट भर्छन कठै !

मासुको बिलो लाउँदा हानालुछी गर्दै  राक्षस
रक्सीको सितन बनाई मोजमस्ती गर्छन कठै !

कालीलाई खुशी पार्न बलि दिनु पर्छ भनि
मैले ढाल्छु भन्दै पापी अघि अघि सर्छन कठै !

खरबारीमा संधै संगै चर्ने साथि हराउँदा
दायाँबायाँ खोज्दै बरै रुँदैरुँदै चर्छन कठै !

चाडवाडको निहुँमा ति  प्राणीको हत्या गर्दा
सृष्टि रच्ने प्राण दाता तिन छक्क पर्छन कठै !

 कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com