रमेश रावल, कालिकोट असोज १६,
स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतना पाएपछि जुम्ला बड्की गाविस ऋखीदेवकी १५ वर्षीया बालिका मैना रोकाया महिनावारी भएका बेला घरमा बस्दै आएकी छन् । महिनावारी भएको दुईवर्षसम्म घर बाहिर बस्दै आएकी रोकाया अहिले घरमा बस्दै आएकी छन् ।
किर्डाक नेपाल जुम्लाले स्वास्थ्य र सरसफाई सम्बन्धी चेतनामूलक तालिम लिएपछि रोकायाले महिनावारी भएका बेला घरमा बस्दा पनि खासै केही नहुने थाहा पाएर घरमा बस्दै आएको बताइन् ।
अरुले कुरा काटे पनि परिवर्तनको शुरुवात आफैबाट गर्नु पर्ने भन्ने लागर घरमा महिनावारी भएका महिलालाई भान्सा कोठामा लगेर खाना खुवाएको स्थानीय अगुवा जयबहादुर रोकायाले बताए ।
‘पहिले महिनावारी भएको बेला आफ्नी श्रीमतीलाई पनि घरबाहिर बसाल्दै आएको थिएँ, महिनावारी भएका बेला अहिले गाउँका छोरी चेलीलाई समेत बिना हिचकिचवाट घरमा बसाल्दै आएको छु’ उनले भने ।
‘महिनावारी भएको बेला घरमा बसाल्दा देवीदेवता रिसाउँछन् भन्ने मान्यता मेरो पनि थियो, तर समय परिवर्तनसँगै आफ्नो सोचाइ पनि परिवर्तन भएकाले, महिनावारी भएको गाउँका छोरी चेलीलाई समेत मैले आफ्नो भान्सा कोठामै लगेर खाना खुवाउने गरेको छु’ रोकायाले थपे । महनिावारी हुँदा घरमै गएर बस्दा पनि आफूलाई खासै समस्या नभएको उनको भनाइ छ ।_महिला खबर;