कविता By, 'नारी र तीज'
नारिहरुको पबित्र चाड हरितालिका तीज
जताततै आधुनिकता छैन जस्तो हिजो ।
दुख सुख पोख्थे अनि झार्थे वेदनाका आँसु
दर मै मगाउछन अहिलेका नारी भोड्का र मासु।।
संस्कृत हो हेर नारी बचाइ राख्नु पर्छ
आधुनिकता ले सभ्य होइन बिकृती ल्याउछ।
पहिचान तिम्रो देखाइदेउ म हु नारी भनी
गर्ब गरून् सबै नारी शिर उच्च पारी ।।
समाज चाहन्छ नारी तिमी अनुशासित र लगनशील
नारी भन्दा पहिले तिमी मानव हौ चेतनशील ।
चेतना नगुमाउनु है नारी तिम्ले आधुनिकताको नाममा
सृष्टिकै सुन्दर फुल तिमी पुकारिने छ्यौ भनी बेकम्मा।।
बर्षदिनको चाड हो मनाउनु तिम्रो अधिकार
खिर पुरी खाइ मनाउ भोड्का खोज्नु बेकार ।
यहि पर्बमा छ स्वतन्त्रता सबै छोरी र बुहारीहरुलाई
तीजको शुभकामना सम्पुर्ण महान नारीहरुलाई ।
मन्जुश्री