खाना बनाउने क्रममा आगोलागि घाइते महिलाको मृत्यु

रासस ,
महोत्तरी भदौ ३०,

खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

सोनियादेवीको उपचारका क्रममा गएराति जनकपुर अञ्चल अस्पतालमा मुत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार घरमा कोही नभएको समयमा दाउराले खाना पकाइरहेको समयमा कुर्ता सुरुवालबाट आगो सल्किँदा सोनियाको पुरा शरीर जल्दा उनी गम्भीर घाइते भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

मृतकको शव अहिले जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरी निरीक्षक पोखरेलले बताए । सो समय मृतकका ससुरा र श्रीमान् कामको सिलसिलामा बाहिर रहेका र मृतककी १ वर्षीया छोरी घरमा रहेकी थिइन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com