रुपन्देही असोज ४,
पहिलो संविधान दिवस २०७३ को अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । रुपन्देहीको सिद्धवावा दुर्गा भवानी शिवकुमारी सैजु बृद्ध आश्रममा रहेका बृद्धबृद्धाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी बितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले बृद्धबृद्धाहरुलाई सरकारले निःशुल्क औषधी तथा स्वास्थ्य सेवा दिने घोषणा अनुसार सेवा दिएको बताएका छन् ।
कुनैपनि जेष्ठ नागरिक निःशुल्क सेवा लिनबाट बञ्चीत नभएको र नहुने समेत बताए । उनीहरुलाई सेवा दिनको लागी नगरस्वास्थ्य क्लिनिक तथा लुम्बिनी अञ्चल अस्पतालबाट औषधी ल्याउने ब्यवस्था समेत मिलाएको बताए ।_स्वास्थ्य खबर;