अफ्रिकामा मनाइयो तिज

अफ्रिका भदौ २१,

एनआरएनएका अफ्रिका स्थित युगान्डा , नाइजेरिया र केन्या स्थित राष्ट्रिय सम्न्वय समितीहरुले नेपाली महिलाहरुको महान पर्ब तिजको अबसरमा कम्पाला ,लेगोस र नैरोबिमा तिज कार्यक्रमहरु आयोजना गरेका छन |
एनआरएनएका आइसिसी सदस्य जिबनाथ पगेनीका अनुसार कम्पालामा एनआरएनए युगान्डाको आयोजनामा कम्पाला स्थित आगन रेस्टुरेन्टमा भब्यताका साथ् तिज मनाइएको थियो |

यसैगरी एनआरएनए नाइजेरियाको आयोजनामा पूर्व आइसिसी सदस्य सन्जीव छेत्रीको निवास लेगोसमामा तिज कार्यक्रम आयोजना गरिएको थियो | त्यसै गरी नैरोबिमा एनसिसी केन्याको आयोजनामा तीजको भब्य कार्यक्रम सम्पन्न भएको महासचिब कृष्ण दत्त भट्टले जानकारी गराउनु भएको छ |

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com