विजय थापा ,वाशिंगटन डिसी भदौ ३०,
गत सेप्टेम्बर ३ तारिख अमेरिकाको सेन्ट लुइस मिजौरीमा आन्मा तथा नासाले आयोजना गरेको सयुक्त बार्षिक सम्मेलनमा महिला संगोष्टि सफलता पूर्वक सम्पन्न भयो l
अमेरिकाका नेपाली समुदायका मध्य पश्चिम तथा दक्षिण पूर्वका सशक्त नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा )तथा एसोसिएसन अफ नेपलिज इन मिड वेस्ट अमेरिका (आन्मा)नामक संस्थाको १२ औ बार्षिक सम्मेलनमा मुख्य नारा महिला सशक्तिकरण तथा घरेलु हिँसा रहेको गोष्ठीको आयोजना गरियो l
उक्त गोष्ठीको कार्यक्रम डिसी महानगर क्षेत्रकि क्रियाशील महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी माधवी बस्नेत कार्कीको संयोजकतत्वमा सम्पन्न भएको थियो l कार्की अमेरिका नेपाल महिला संघ बृहत वाशिंगटन डिसी (आन्वा )नामक संस्थाको प्रतिनिधित्व गरेकी थिइन् भने उनि पूर्व अध्यक्ष पनि हुन् l
उक्त कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्की (बिध्या वारिधि )कि धर्मपत्नी गौरी ठकुरी कार्कीले कार्यक्रमको सभापतित्व गरेकी थिइन् l
उक्त कार्यक्रममा मुकेश सिंह ,उर्मिला पन्थी तथा माधवी बस्नेत कार्की वक्ताहरु रहेका थिए l कार्यक्रम संयोजक कार्कीले सबैलाई स्वागत गर्दै महिला सशक्तिकरण तथा घरेलु हिंसा नेपाली समुदायमा यी मुद्धाहरु किन महत्वपूर्ण छन् भनि स्मरण गराईन l
उनले श्री लंकामा महिला घरेलु हिंशा सम्बन्धि सयुक्त राष्ट्र संघकि बिशेष प्रतिवेदक रेधिका क्यामरस्वामीको बिशेष सुनुवाईमा सहभागिता भएको जानकारी गराइन् l
१९९३ देखि नै महिला हिंसा उन्मुलन सम्बन्धि सयुक्त राष्ट्र संघले घोषणा गरेको जानकारी दिदै नेपाली समुदायमा महिला बिरुद्ध घरेलु हिंशा अझ पनि व्यापक रुपमा फैलदै गरेको बताइन l पुरुष प्रधानता रहेको नेपाली समाजमा महिलाका आवाजहरु सतह बाहिर सामाजिक तथा सांस्कृतिक कारण नआउने र सुनुवाई नहुने अवस्थामा रहेको बताइन l
उनले पुर्व तयारी साथ लगिएका सामग्री प्रस्तुत गर्दै हिंसाका चक्र ,र आप्रवासी समुदायमा महिला हिंसाका चक्र बारेमा बोलिन l उनले शक्ति र नियन्त्रण बारेमा बिस्तृत जानकारी गराईन l
उनले प्रस्तुति गर्ने क्रममा अमेरिकामा प्रत्येक ९ सेकन्डमा महिला कुटिञ्छन l ३ मा १ महिला कुनै नै कुनै कारण चोट तथा पिडामा पति या प्रेमी बाट मानसिक या भौतिक रुपमा आक्रमणको शिकार जीवनमा एक पटक पर्दछन कार्कीले भनिन l
यसै गरि प्रहरीको प्रतिबेदन अनुसार महिला ७- १४ पटक बारम्बार भौतिक आक्रमण उनको प्रेमी या पति बाट पर्दछन भनि जानकारी गराईन l र अन्त्यमा उनले यस्तो अवस्थामा समुदायले प्रहरीलाई जानकारी दिन आग्रह गर्दै समुदायका संघ तथा संगठनले सुरक्षित हिंसारहित समाज बनाउन अनुरोध गरिन l
अर्का वक्ता कानुनी ब्यबसायी मुकेश सिंहले महिला बिरुद्ध हिंसा रोक्न पुरुषको ठुलो भूमिका हुन् सक्ने बताए l उनले महिला बिरुद्ध कुनै पनि हिंसा क्षमा हुन् नसक्ने बताए l
यसै गरि अर्की वक्ता उर्मिला पन्थीले प्रसस्त श्रोत उपलब्ध भएको बताईन l उनले अगाडी गैरमुनाफा सामाजिक संस्था ,सरकार तथा बिशेष दक्षिण एसियन देशका यस्ता समस्या हेर्ने संस्था भएकोले नेपाली समुदायले पनि फाईदा उठाउन सकिने बताईन l
प्रमुख अतिथि गौरी ठकुरी कार्कीले गोष्ठीमा महिला सम्बन्धि धेरै कुरा जानकारी भएको बताउदै सयुक्त राष्ट्र संघका पूर्व महासचिब बुत्रोस बुत्रोस घालिले महिला बिरुद्ध हिंसा बिश्व ब्यापी समस्या हो भने विश्व ब्यापी रुपमा यसलाई भर्त्सना गर्नु पर्छ भन्ने भनाई राखिन l
यस कुरामा म पूर्ण सहमत छु भन्दै नेपालमा हामीले महिला विकासको साथै निर्वाचनबाट महिलालाई नेतृत्व दिन सकेको कुरा बताइन l नेपाली समुदायको अमेरिका आउने क्रम बढ्दो अवस्था भएकोले यस्ता प्रकारका कार्यक्रमले केहि फाईदा हुने कुरा राखिन l यसको लागि सबै समुदाय एक ढिक्का हुनु पर्ने बताईन l
कार्यक्रममा आन्मा तथा नासाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो भने प्रश्न उत्तर कार्यक्रम समेत राखिएको थियो l कार्यक्रम आस्था आचार्यले संचालन गरेकी थिइन् l