'मेडिकेसन लाइसेन्स' अनिवार्य गरिनु पर्छ

सिता सुबेदी, असोज ४,

पेशाले म नर्स हुँ । बिभिन्न समय अनी परिस्थितिले गर्दा कहिलेकाही आफ्नै कम्जोरीहरु सम्झेर पनि दिक्क लाग्दो रहेछ । 

पढाई पस्चात केही समय अस्पातलमा काम गरे अनी 'ब्याच्लर अफ नर्सिङ' सके पछी झण्डै २ बर्ष शिक्षिकाका रुपमा नर्सिङ पढाउथे पनि । यसै क्रममा सन २०१५ मा नर्वे आएर नर्सिङ लाइसेन्स लिएर काम शुरु गर्न खोज्दा नर्सले मेडिकेशन लाइसेन्स बिना बिरामी लाई औषधी दिनु गैरकानुनी रहेछ र भर्खरै मात्र मेडिकेसन लाइसेन्स लिएर नर्सको रुपमा काम गर्दै जादा नर्सिङ क्वालिटी कायम राख्नका लागि मेडिकेसन लाइसेन्स एकदम अपरिहार्य रहेछ भन्ने थाहा भयो,जुन हरेक २/२ बर्षमा नविकरण पनि गर्नु पर्ने रहेछ । 

अनी मात्र बोध भयो कि हामी अनी हाम्रो नेपाली नर्सिङ धरातल एकदमै कम्जोर रहेछ । जहाँ हरेक दिन मेडिकेसनमा हुने गल्तीहरु लाई सुधार गर्नका लागि नेपालमा पनि हरेक नर्सहरुको लागि 'मेडिकेसन लाइसेन्स' अनिवार्य गरिनु पर्दछ र जसका लागि नेपाल सरकार समक्ष नर्सहरुले मेडिकेसन लाइसेन्सको माग गर्नु एकदमै जरुरी देखिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com