इज़रायलमा तीज विशेष कार्यकम सम्पन्न

तेल अभिव (इज़रायल) भदौ २१,

नारीदर्पण : हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज २०१६ इज़रायलमा भव्यताका साथ् सम्पन्न भएको छ । 

श्री सत्य साइ सेन्टर र नेपाली नारी आवाज इन इज़रायलको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम २०१६ इज़रायलको तेल अभिव शहर केन्द्रीय बस पार्क(तखाना मर्काजित) को एभेरेस्ट हलमा सम्पन्न भएको हो ।

श्री सत्य साइ सेन्टर तथा नेपाली नारी आवाज इज़रायलकी अध्यक्ष नेहा गुरुङको सभापतित्वमा, प्रमुख अतिथि इज़रायाल्का लागि कार्यवाहक राजदुत श्री रामेश्वर पौडेल  ज्यु तथा नेपाली जाधुताबसका द्दितीय सचिव द्वय रोशना खनाल ज्यु  र आस्था सुब्बा ज्यु को विशेष  आतिथ्य रहेको थियो भने इज़रायाल्का संघ-सँस्था एन आर एन इज़रायलका बरिष्ठ उपाधक्ष्य विशाल रावल, जनजाति महासंघ इज़रायालका अधक्ष्य निरु गुरुङ, रुपन्देही समाज इज़रायलका अधक्ष्य तारा अधिकारि , नेपाली नारी आवाज इन् इज़रायलका उपाधक्ष्य निलम भट्टराइ गिरी, अन्तर्राष्ट्रिय नेपाली समजा इज़रायलका बीबी लामा, किराँत राई यायोख्खा नेपाल इज़रयलका कुमार राई, शेर्पा यछे इज़रायालाका दावा शेर्पा, अनेसास इज़रायलका अधक्ष्य भगवती बस्नेत, नारीका लागि नारीबाट नितु खतिवाडा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो साथै इज़रायल स्थित विभिन्न संचार मध्यम लगायत इज़रायाल्मा कार्यरत नेपाली दाजुभाई, विशेष दिदीबहिनीहरुको भव्य उपस्थिति रहेको थियो  ।

बैदेशिक रोजगारको सिलसिलामा इज़रायलामा कार्यक्र नेपालीहरुले हरेक बर्ष यसैगरी भव्यताका साथ् दर खाने , नाचगान गर्ने र तीज मनाउने गर्दछन । प्रवासको दुख पीडालाई भुलेर हरेक नेपाली चाड पर्व मनाउने गर्दछन इज़रायलमा कार्यरत नेपालीहरु । श्री सत्य साइ सेन्टरको महिला संयोजक तारा अधिकारीले स्वागत मन्तव्य दिनु भएको थियो भने उक्त तीज वोशेष कार्यक्रमको  संचालन परि डाँगीले गर्नु भयो ।

तीज विशेष कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका कार्यवाहक राजदुत श्री रामेश्वर पौडेल ज्यु ले शुभकामना मन्तव्य दिनु भएको थियो साथै एन आर एन इज़रायालाका बरिष्ठ उपाधक्ष्य विशाल रावल र नेपाली नारी आवाज इन् इज़रायलका कोषाध्यक्ष, एन आर एन का सदस्य सरिता बिष्ट ले पनि तीज विशेष कार्यक्रममा शुभ्मना दिनु भएको थियो ।

आफ्नो देश र माटो देखि कोषौं टाडा यस मध्ये पुर्व मरुभूमि (इज़रायल)मा पनि नेपालीहरुले आफ्नो परम्परा , संस्कृति, मूल्यको संरक्षण तथा सम्बर्दन गर्दै हरे नेपाली राष्ट्रिय पर्वहरु मिलेर मनाउने गर्छन् ।

यसै तीज विशेष कार्यक्रममा,
नेपाली राजदुताबास द्धितीय सचिव श्रीमती रोशना खनाल ज्यु इज़रायलमा आफ्नो कार्यकाल सकी यहि शनिबार स्वदेश फर्किंदै हुनुहुन्छ । हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तीज विशेष कार्यक्रम २०१६ को कार्यक्रम माझ उहाँलाई खादा ओडाई बिदाइको शुभकामना पनि दिइयो  ।

अन्तमा, तीज बिशेष कार्यक्रमलाइ विशेष बनाउन  उपस्थित सम्पूर्णमा श्री सत्य साइ केन्द्रकी अधक्ष्य तथा नेपाली नारी आवाज इन् इज़रायलकी अधक्ष्य नेहा गुरुङले तीजको शुभकामना साथै धन्यवाद दिएर कार्यक्रमको समापन गर्नु भयो ।








Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com