चेपाङ केन्द्रलाई ऋद्धी सिद्धीको खाद्यान्न सहयोग

चितवन, २० भदौ

पुर्वि चितवनको रत्ननगर–१० मा रहेको गामबेशी चेपाङ संरक्षण केन्द्रलाई ऋद्धी सिद्धी खाद्य भण्डार नारायणगढले खाद्यान्न सहयोग गरेको छ ।

दियालो रोड नारायणगढमा रहेको खाद्य भण्डारले चेपाङ केन्द्रमा आश्रित बालबालिकाहरुको लागी आज १५ बोरा चामल, १ सय केजी केराउ र २ कार्टुन तेल सहयोग गरेको हो ।

खाद्य भण्डारका सञ्चालक चन्द्रन अग्रवाल र रञ्जन अग्रवाले आज केन्द्रमै आएर सो सहयोग गर्नुभएको केन्द्रका अध्यक्ष केपि किरण शर्माले जानकारी दिनुभयो ।

उहाँहरुले बिगतमा पनि केन्द्रलाई धेरैपटक सहयोग गरिसक्नु भएको शर्माले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com