एजेन्सी असो ९,
आफ्नो अधिकांश समय अस्पतालमा विताएकी पाकिस्तानकी एक युवतीको १०० ओटा शल्यक्रिया भएको छ । २५ वर्षीय फाउजिअ युसुफको छाला सम्बन्धी रोगको शल्यक्रिया भएको हो । सानैदेखि फ्रिब्रोमेटोसेसबाट पीडित उनको लाहोरस्थित शेख जेयाद अस्पतालमा उपचार भइरहेको छ ।
‘म अझै बढी शल्यक्रिया गर्न तयार छु तर मेरो वाँयाँ हात काट्न भने दिन्न,’ युवतीले भनिन् । उनको हातमा दुर्लभ रोग देखिएपछि उनी निकै समस्यामा परेकी छिन् ।
‘हातको रोग घाँटीसम्म फैलिनसक्ने भन्दै चिकित्सकले मेरो पाखुरा काट्नुपर्ने सुझाब दिएका छन् तर हात बिनाको जीवन भन्दा मृत्यु नै रोज्न तयार छु,’ उनले भनिन् ।
म योद्धा हु तर अपांग भएर म कुनै हालतमा बाँच्न चाहन्न,’ उनी भन्छन् । अधिकांश समय सो अस्पतालमा बसेकी उनको अस्पताल दोस्रो घर बनेको छ । ‘यो अस्पताल मेरा लागि दोस्रो घर साबित भएको छ । ८ वर्षको उमेरमा पहिलो पटक हातको शल्यक्रिया भएको थियो । उपचारकै क्रममा यहाँ धेरै साथी बना छन्,’ उनी भन्छिन् ।
बलियो आर्थिक अवस्था नभएकी फाउजिअ पाँच सन्तानकी दोस्रो छोरी हुन् । उनको उपचारको लागि मासिक १५ हजार औषधीमा खर्च हुने गर्छ । उपचारमा सहयोग गरेकोमा चिकित्सकप्रति आभारी छु’ उनले भनिन् ।
‘उनी दुई कक्षामा पढ्न थालेदेखि नै फाउजिअ अस्पतालमा नै हुर्किन् । यो एउटा अनौठो घटना हो । उनी यहाँका सबैसँग परिचित छन,’ सो अस्पतालका चिकित्सक प्राध्यापक सफिक्यु अहमद भन्छन् । उनको घाउ आएको स्थानमा डोनरले दिएको कृत्रिम छाला प्रत्यारोपण गरे मात्र उपचार सम्भव हुने तर यो सुविधा पाकिस्तानका अस्पतालमा नभएको चिकित्सकहरुले बताएका छन् ।