अमेरिकामा ईन्द्र जात्रा सम्पन्न (फोटो फिचर)

विजय थापा ,वाशिंगटन डिसी असोज ३,

नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही ) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको छ l

सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको उक्त संस्थाले भाषा ,संस्कृति ,परम्परा ,कलालाई प्रबर्धन तथा सम्बर्धन गर्दै आएको छ l

कार्यक्रम म्यारिल्याण्डको राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा सम्पन्न भएको छ भने नेवा : समुदायको परम्परागत भोज समय बजी द्वारा आएका सम्पूर्ण अतिथिहरुलाई खुवाईएको थियो l
कार्यक्रममा प्रत्यक्ष  नृत्य, आस्ता मात्रिका, गणेश, भैरब, कुमारीको नृत्य,पुलुकिसी तथा लाखे नृत्यहरु प्रस्तुत गरिएका थिए l  काठमाडौँ उपत्यकाको झझल्को हुने गरि मनाईएको  इन्द्र जात्रामा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो l

नेवा: समुदायका पुरोहित बासव राजोपाध्यायले हरेक नृत्यहरुको अर्थ लगाएका थिए l कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबासका आर्थिक सल्लाहकार कैलाशराज पोखरेल हुनु हुन्थ्यो l अध्यक्ष राम लाल श्रेष्ठले उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए l




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com