१
जुन सरकार आए पनि देश फेरिएन
दुखी गरिब निमुखाको भेष फेरिएन
सर्वहारा वर्गले न त मुक्ति पाए कठै !
चाहनामा लागिरहने ठेस फेरिएन
२
माओ सिद्धान्त बोक्नेले देशलाई ओडाई सके कपन
पत्याउदैनन जनताले अब झुटा तिम्रा आश्वासन
जातीयता र धर्मको नाममा चलाएर आँधी तुफान
खवरदारी नेता गर्न पाइन्न देशलाई विभाजन
३
सबै नेता उस्तै गद्दार छन् यहाँ
छल कपटका सरकार छन् यहाँ
कसरि हुन्छ खै उन्नति र प्रगति
कालो धन्दा गर्ने बजार छन् यहाँ.
कल्पना पौडेल " जिज्ञासु "
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल