तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा कराते प्रशिक्षक शान्त थोकरको उम्मेदवारी

विजय थापा ,वाशिंटन डिसी भदौ २१,

झन्डै एक दशक देखि अमेरिकाको न्युयोर्कमा बस्दै एक आएका पूर्व कराते खेलाडी तथा इन्टरनेसनल मार्सल आर्ट्स एसोसिएसनका प्रमुख प्रशिक्षक शान्त थोकरले तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् l

कराते प्रशिक्षक भएता पनि सामाजिक सेवामा निकै रुचि राख्ने तथा सामाजिक सेवा गर्दै आएका थोकरले एक छापा बिज्ञप्ति जारि गरि अध्यक्ष पदको लागि प्रत्याशी भएको उल्लेख गरेका छन् l

र उक्त छापा बिज्ञप्तिमा भावी योजना सहित  प्रतिबद्धता जारी गरेका छन् l करातेका ६ डान थोकर संस्थाको लागि आफुले केहि योगदान गर्ने योजना रहेकोले साथीभाई ,हितैषी ,शुभ चिन्तक र सबै संग सल्लाह गरेर उम्मेदवार दिएको बताए l थोकरले भने आफुले संस्थामा पहिला देखि नै काम गरि रहेकोले आफुलाई सबैले सहयोग गर्ने बताए l

तामाङ सोसाइटी अफ अमेरिकाको आठौ अधिवेशन यहि आउँदो १८ सेप्टेम्बरमा हुन गईरहेको छ | उनले आफ्ना भावी कार्ययोजनाहरु सहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्  | 

पूर्ण अंश जस्ता को त्यस्तै :

फ्याफुल्जी ! नमस्कार !

समस्त तामाङ दाजु-भाई तथा दिदी-बहिनीहरुमा !

तामाङ सोसाइटी अफ अमेरिका न्युयोर्क राज्यमा सन् २००२ मा दर्ता भएको गैर-नाफामुलुक सामाजिक संस्था भएको यहाँहरु सबैमा अवगत नै छ | हाम्रो कर्मभूमि संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेको सम्पूर्ण तामाङहरुलाई संगठित गर्ने र तामाङ संस्कृति र मौलिक परम्परालाई भावी सन्ततिसम्म पुर्याई आफ्नो मौलिक पहिचानलाई प्रवासमा समेत निरन्तरता दिने र नेपालीपनलाई सदा कायम राखीरहने हाम्रो समाजको उद्धेश्य हो l 

हाम्रो सांस्कृतिक पहिचानलाई निरन्तरता दिदै स्वदेशमा रहेका हाम्रा तामाङ सन्ततिको उत्थानको निम्ति प्रवासबाट आफ्नो सामर्थ्य अनुसार योगदान पुर्याउने महत्वपूर्ण उद्देश्य मध्येको एक उद्धेश्य यो संस्थाको हो | प्रवासमा आफ्नो समुदायको बृहत्तर हितमा कार्य सम्पन्न गर्दै यहींको अन्य समुदायसँग भातृत्वको सम्बन्ध कायम गर्दै सद्भावपूर्ण मानव समाजको विकासको निम्ति महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य तामाङ सोसाइटी अफ अमेरिकाको रहेको जानकरी यहाँहरु समक्ष राख्न पाउदा म आफैले गौरव महसुस गरेकोछु | हाम्रो संस्थाले जन्मभूमिदेखि कर्मभूमिसम्म सामाजिक विकासको निम्ति जुन अहम् भूमिका निर्वाह गर्दै आएको छ त्यसले हामी तामाङहरु लगायत अन्य नेपाली समुदायले समेत गौरवानित हुने अवसर पाएको छौं |

सन् २००७ देखि न्युयोर्कमा मेरो बसाई हुदाँदेखि नै मैले तामाङ सोसाइटी अफ अमेरिका र सिङ्गो तामाङ समुदायलाई आफ्नो सामर्थ्य अनुसार निरन्तर सहयोग पुर्याउदै आएको यथार्थ पक्कै पनि यहाँहरुबाट लुकेको छैन | तामाङ सोसाइटी अफ अमेरिकामा सन् २००८ देखि सन् २०१० सम्म मैले हाम्रै समाजको विश्वास र समर्थनमा महासचिवको हैसियतमा जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरेको यहाँहरुमा सर्वविदित नै छ |

 हाल संयुक्त राज्य अमेरिकामा तामाङहरुको बाक्लो उपस्थिति बढ्दै गएको अवस्थामा र हाम्रो समाजको आवश्यकताहरु दिन दिनै बढीरहेको परिस्थितिमा तामाङ सोसाइटी अफ अमेरिकाको आठौ अधिवेशन यही १८ सेप्टेम्बर  २०१६ मा न्युयोर्कमा सम्पन्न हुदैछ | समाजको बढदो महत्वकाँक्षलाई सही ढंगले सम्बोधन गर्न तामाङ सोसाइटी अफ अमेरिकाको आगामी अधिवेशनमा मैले पत्रकार सम्मेलन मार्फत समाजका अग्रजहरु तथा शुभ-चिन्तकहरुको समुपस्थितिमा सोसाइटीको अध्यक्ष पदमा मेरो उम्मेदेवारी घोषणा गरिसकेको छु |

समाज विकासमा मैले पुर्याएको आफ्नो दशकौको अनुभवलाई तामाङ सोसाइटी अफ अमेरिकाको आगामी अधिवेशनदेखि नेतृत्व लिदै समग्र तामाङहरुको वृहत्तर हितको निम्ति सारथीको रुपमा सामाजिक जिम्मेवारी लिने आज म यहाँहरु समक्ष पुन प्रतिबद्दता व्यक्त गर्दै मेरो कार्यकालमा तामाङ सोसाइटी अफ अमेरिकाको गरिमालाई उच्च राख्न तपशिल कार्ययोजनाहरु सम्पन्न गरिने विश्वास दिलाउन चाहन्छु |

भावी कार्ययोजनाहरु:

१) तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई सन् २०१८ भित्र शिलान्यास गरिनेछ|
२)तामाङ सोसाइटी अफ अमेरिकाको कार्यालय तत्काल संचालन गरिनेछ |
३)तामाङ सोसाइटी अफ अमेरिकालाई तामाङहरुको साझा संस्था बनाउनकोलागि सोसाइटीको नेतृत्वमा उत्तर अमेरिकामा रहेका सम्पूर्ण तामाङ संस्थाहरुबीच समन्यव गरी यथाशिघ्र साझा संजाल निर्माण गरिनेछ |
४)तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा विश्व तामाङ सम्मेलन आयोजना गरिनेछ र सम्मेलन मार्फत अन्तरराष्ट्रिय तामाङ संजाल गठन गरिनेछ |
५)तामाङ सोसाइटी अफ अमेरिकाको नेपाल शाखा गठन गरिनेछ वा Country Coordinator तोकिनेछ |
६)तामाङ भाषाको अनलाईन् कक्षा यथाशिघ्र संचालन गर्नको लागि विज्ञहरु रहेको एक समिति गठन गरिनेछ |
७)तामाङ भाषा तथा बौद्ध धर्म सम्बन्धि कक्षा प्रत्येक हफ्ता आइतबारको दिन हाललाई न्युयोर्कबाट शुरुवात गरिनेछ |
८)नेपालमा तामाङ विद्यार्थीहरुकोलागि शैक्षिक छात्रवृत्ति कोष स्थापना गरिनेछ |
९)नेपाल सरकारको निजामती सेवामा तामाङहरुको उपस्थिति बढाउन लोकसेवा आयोगको तयारी परीक्षाको लागि शैक्षिक छात्रवृत्ति कोषमार्फत कार्यक्रम तर्जुमा गरिनेछ |
१०)तामाङ समाजको आकस्मिक आवश्यकतालाई सम्बोधन गर्न “हाम्रो आकस्मिक कोष” को स्थापना गरिनेछ |११)अब उप्रान्त डम्फु साँझ तथा ल्होसार कार्यक्रम सोसाइटीको अनुमोदनमा तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रले सम्पन्न गर्ने छ र भएको मुनाफा सोहि केन्द्रको कोषमा संचित गरिनेछ |

१२)तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको लागि अतिरिक्त कोष संकलन गर्न अमेरिका तथा अन्य मुलुकमा तामाङ संस्थाहरुबीच समन्यव गरी विविध कार्यक्रमहरु आयोजना गरिनेछ|

१३)प्रत्येक तामाङहरुलाई तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रमा आबद्द गर्न विशेष परियोजना सहित प्रोत्साहन गरिनेछ |
१४)हाम्रो दोश्रो पुस्ताको वृहत्तर विकासको निम्ति प्रत्येक वर्ष TSA Summer Camp एक हफ्ताको निम्ति संचालन गरिनेछ र सो क्याम्पको लागि आवश्यक पाठ्यक्रम सोसाइटीले विज्ञहरु मार्फत निर्धारण गर्नेछ |
१५)TSA Summer BBQ & TSA Summer Camp को आयोजना गर्ने जिम्मेवारी TSA Youth लाई प्रदान गरिनेछ |
१६)तामाङ सोसाइटी अफ अमेरिकाका सम्पूर्ण सदस्य एवं नव-आगन्तुक तामाङहरुलाई सहयोग पुर्याउने उद्देश्यले TSA Website मा Online Support Center संचालन गरिनेछ |

तामाङ डायस्पोराको आवश्यकतालाई सम्बोधन गर्न विशेष कार्य विभाजन सहित स्थायी विभागहरु निर्माण गरिनेछ |

क) युवा तथा खेलकुद विभाग
ख) शिक्षा विभाग
ग) आप्रावास विभाग
घ) आदिवासी जनजाति विभाग

तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई तदारुकताका साथ अगाडि बढाउन दाताहरुलाई प्रोत्साहन गर्न तपशिल अनुसार वर्गीकरण गरिनेछ:

Diamond Patron – $ 100000.00 and above
Platinum Patron – $ 60000.00 to $ 99999.00
Gold Patron – $ 30000.00 to $ 59999.00
Silver Patron – $ 10000.00 to $ 29999.00
Trustee – $ 5000.00 and above
Life Member – $ 1500.00
Citizen – $ 1000.00
Friends of TSA – 500.00

नोट : A, B, C र D श्रेणी सम्माननीय प्याट्रण हुनाले सोसाइटी अथवा तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको कार्य समिति रहन पाइने छैन | सोसाइटीको कार्य समिति अथवा तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रको कार्य समितिमा E श्रेणीका दाता मात्र रहन सक्नेछन् |

सम्पूर्ण आदरणीय तामाङहरुको सहयोगबाट तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष भएर आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गर्ने अभिलाशा मैले राखेको छु | मलाई विश्वास छ कि सदा झैँ मलाई यहाँहरुको सहयोग, सद्भाव र शुभचिन्ता रहिरहने छ ! माथि प्रस्तुत भावी कार्ययोजनाहरु उपर यहाँहरुको सल्लाह सुझावहरुको अपेक्षा मैले राखेको छु |

लास्सो ! थुजुछे !!

शान्त थोकर तामाङ
(अध्यक्षको उम्मेदार)  
आठौ अधिवेशन २०१६ 
तामाङ सोसाइटी अफ अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com