गजल By, साबित्रा लुइँटेल घिमिरे


गजल By, साबित्रा लुइँटेल घिमिरे 

कयौं नारीहरू अधिकारबाट बञ्चित भएका छन्
अनि कयौं नारी आफ्नै लोग्नेबाट पिडित भएका छन् !!
.
यस्ता हजारौं उदाहरण देखिन्छन् अचेल समाजमा
कयौं नारी आफ्नै भनाउदाबाट त्रसित भएका छन् !!
.
छोरीहरु यहाँ आफ्नै बुवाबाट बलात्कृत हुँदा
कुपुरुष देखी सृस्‍टिकर्ता लज्जित भएका छन् !!
.
कस्को के नै लाग्छ भन्नुहोस् नियतीको खेलसँग
हरदम अवला समाजबाट कलङ्कित भएका छन् !!
.
सीता र भृकुटी जन्मेको देशमा नारीको सम्मान खै ?
अझै नारी पुरुषकै लागी समर्पित भएका छन् !!
.
'ए नर पिसाच हो'सावधान! हुनु नारी एकतासँग
कयौं "सावित्री" नारी हितको निम्ति संगठीत भएका छन् !!
.
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com