कविता ''बुझाइदेउ '' By, मन्जुश्री
राष्ट्रमा समर्पित..
बुझाइदेउ अर्थ मलाई राष्ट्र अनि राष्ट्रियताको
म चाहन्छु खण्डित होइन सिङ्गो राष्ट्र अखण्डताको ।
बाइसे चौबिसे राज्यहरु गाभ्ने ती राष्ट्रनिर्माता
सन्तान उनकै भन्छन तर खै के हेर्छन रमिता ।।
राष्ट्रको लागि बलिदान दिने भन्थे सहिद मैले
कुकुर बिराला पनि सहिद घोषणा हुन थाले अहिले ।
पुर्ब पश्चिम् उत्तर दक्षिण खाइसके सिमाना बेचि
लड्छन खाली देश भित्रै व्यक्तिगत स्वार्थकै निम्ति ।।
इतिहासका पाठ पढ्छन मात्र पल्टाइ पानाहरु
पार्छन कण्ठ भक्ती अमर र बलभद्रका गानाहरु ।
अंग्रेज़ पनि भागेथेरे वीर योद्धा देखि
हाम्रा शुर वीर बैरी बलभद्रमा समर्पित भन्ने लेखी ।।
पुर्खाहरु कहलिए बाघको डमरू भनी
उनकै सन्तान परिचित छन सिनो खाने कुकुर भनी ।
कोहि जान्छन उत्तर तिर ल्याउछन रेल गाडी
सपनाको रेल चढि युवा जान्छन खाडि ।।
मन्जुश्री