गज़ल By, कोमल भट्ट
बिगार्न लागे,देश हाम्रो
उधार्न लागे,देश हाम्रो
अतीव स्वार्थी,देख्छु नेता
डकार्न लागे,देश हाम्रो
रहेन बाँकी,श्रोत केही
निखार्न लागे,देश हाम्रो
सधैँ छ कुर्सी मोह मात्रै
पछार्न लागे,देश हाम्रो
भुले सबैले,देशवासी
लतार्न लागे,देश हाम्रो
खसाल्न खोजे,भीर बाट
र मार्न लागे,देश हाम्रो
(विश्राम – ५ अक्षरमा)
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका