गीत By, सावित्रा लुइँटेल घिमिरे
यो जुनीमा तिम्रो मान्छे बन्न सकिएन
अंगालोमा बाँधी आफ्नो भन्न सकिएन
.
नियतिको खेल संग कस्को जोर चल्छ
सम्झी ल्याउँदा अनायासै छाती मेरो जल्छ
नदेखिने मनका पीडा गन्न सकिएन
अंगालोमा बाँधी आफ्नो भन्न सकिएन
.
कस्ले सक्छ समयलाइ रोक्न अनि छेक्न
न सकिन्छ आफ्नो भाग्य आफ्नै हातले लेख्न
नियतिले कुट्दा जीवन धन्न सकिएन
अंगालोमा बाँधी आफ्नो भन्न सकिएन
.
सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल